दुधमति पुल निर्माणमा ढिलासुस्ती: लापरबाही गर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, श्रावण १३, २०८३
|
|
० पटक हेरिएको
Shares
दुधमति पुल निर्माणमा ढिलासुस्ती: लापरबाही गर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द

सारांश

  • धनुषाको जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन सडक पुलको ठेक्का सम्झौता अलपत्र पारेपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ।
  • मधेस प्रदेशको महत्त्वपूर्ण आयोजना मानिने ढल्केबर–जनकपुर–जटही छ लेन सडकखण्ड अन्तर्गतको सो पुल निर्माणमा भएको ढिलाइले आम सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्नुपरेको थियो।
  • विकास आयोजनामा हुने ढिलासुस्ती र सार्वजनिक उत्तरदायित्वको सवाललाई सञ्चारमाध्यमले नागरिकको पक्षबाट प्रमुखताका साथ उठाएका छन्।

धनुषाको जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन सडक पुलको ठेक्का सम्झौता अलपत्र पारेपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ। मधेस प्रदेशको महत्त्वपूर्ण आयोजना मानिने ढल्केबर–जनकपुर–जटही छ लेन सडकखण्ड अन्तर्गतको सो पुल निर्माणमा भएको ढिलाइले आम सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्नुपरेको थियो। विकास आयोजनामा हुने ढिलासुस्ती र सार्वजनिक उत्तरदायित्वको सवाललाई सञ्चारमाध्यमले नागरिकको पक्षबाट प्रमुखताका साथ उठाएका छन्।

जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने यो मार्ग व्यापारिक तथा धार्मिक पर्यटनका दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ। स्थानीय बासिन्दा सुबोध नायकका अनुसार पुल समयमै बन्ने आशा जगाइए पनि काम ठप्प हुँदा नागरिकमा  निराशा छाएको थियो।

यो कारबाही सडक डिभिजन कार्यालय जनकपुरधामले हालै सार्वजनिक सूचनामार्फत अघि बढाएको हो। कार्यालयका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार सम्झौता अनुसार काम अघि नबढेपछि नागार्जुन हेम जेभीसँगको ठेक्का तोड्नुको विकल्प रहेन।

उक्त पुल निर्माणका लागि वि.सं २०७६ जेठ २५ गते नागार्जुन हेम जेभीसँग कुल १३ करोड ९५ लाख ६४ हजार ३३८ रुपैयाँको लागतमा सम्झौता भएको थियो। सम्झौता अनुसार वि.सं २०८२ माघ १७ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने कानुनी प्रावधान थियो। तर तोकिएको समय घर्किँदा समेत भौतिक प्रगति नभएपछि कार्यालयले सम्झौताअनुसार काम अघि नबढेपछि ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ।

अधुरो पुलका कारण वर्षायाममा आवगमन ठप्प हुने र हिउँदमा धूलोको सास्ती भोग्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाउने विश्वास अब पलाएको छ।नयाँ ठेक्का प्रक्रियाबाट निर्माण कार्य अघि बढाइने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?