खानेपानी समस्या सम्बोधन गर्न मन्त्रालयले गठन गर्यो कार्यदल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
खानेपानी समस्या सम्बोधन गर्न मन्त्रालयले गठन गर्यो कार्यदल

सारांश

  • काठमाडौं, २४ असोज ।
  • खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त गरेको खानेपानी सम्बन्धी समस्या तथा गुनासोहरुको सम्बोधन गर्न एक विशेष कार्यदल गठन गरेको छ ।
  • मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बुधबार बसेको बैठकले खानेपानी सम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागहरुको सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

काठमाडौं, २४ असोज । खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त गरेको खानेपानी सम्बन्धी समस्या तथा गुनासोहरुको सम्बोधन गर्न एक विशेष कार्यदल गठन गरेको छ ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बुधबार बसेको बैठकले खानेपानी सम्बन्धी देशैभरिबाट प्राप्त भएका गुनासा तथा मागहरुको सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा मन्त्रालयको तर्फबाट सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठ, अर्थशास्त्री कमलकान्त पौडेल, इन्जिनियर सुष्मा काफ्ले र सचिवालयको तर्फबाट प्रेस संयोजक शुकदेव चापागाई, सुन्दर चौधरी र इन्द्रसिंह बुडाल रहेका छन् । कार्यदलले मन्त्रालयमा आएका समस्या तथा गुनासाहरुलाई वर्गीकरण गरी समस्याको समाधान गर्न मन्त्रालयसँग सम्बन्धित निकायहरुलाई ताकेता गर्ने छ ।

मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टा (३० मिनेट) भन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासाहरु माग गरेको थियो । सोही सूचनाको आधारमा हजारौं समस्या तथा मागहरु मन्त्रालयले संकलन गरिराखेको छ ।

खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानी सम्बन्धी गुनासो एवं समस्याहरु माग गरेको थियो । प्राप्त मागहरुको यथोचित सम्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजनासहित कार्य अघि बढाउने गरी मन्त्रालय लागिपरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)
हार स्वीकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई
हार स्वीकार्दै राहुल गान्धीले दिए मोदीलाई बधाई
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा, शीर्ष नेताहरुले सम्बोधन गर्ने
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
नेपालकाे ब्याटिङ प्रशिक्षकका रुपमा भारतिय पूर्व खेलाडी देसाई !
प्रमुख अपराधका घटनामा प्रहरी आफै विवादमा किन!
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
त्रिविमा गैर राजनीतिक नेतृत्त्व माग गर्दै सडकमा बहस
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल

तपाईंले छुटाउनुभयो कि?