भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक मानिसको मृत्यु
सारांश
- एजेन्सी, ३० फागुन ।
- भारतमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
- ७६ वर्षीय एक संक्रमितको मंगलबार मृत्यु भएको हिजो साँझ सार्वजनिक भएको हो ।
एजेन्सी, ३० फागुन । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७६ वर्षीय एक संक्रमितको मंगलबार मृत्यु भएको हिजो साँझ सार्वजनिक भएको हो ।
इन्डियन एक्सप्रेसका अनुसार हैदराबादबाट आफ्नो घर कालाबुरागी जाँदै गर्दा ती व्यक्तिको बाटोमा मृत्यु भएको खुलेको हो । ती व्यक्ति संक्रमित भएको पत्ता लागेको थियो । ती व्यक्ति साउदी अरेबियामा तीर्थयात्राबाट फर्किएका थिए ।
२९ फेब्रुअरीमा हैदरवादमा उत्रिएका ती व्यक्तिलाई ६ मार्चबाट कोरोना भाइरसको लक्षण देखिएको थियो । ९ मार्चमा अस्पताल लगिएपछि उनलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो ।
यसैगरी, भारतमा संक्रमितको संख्या ७४ पुगेको छ । तीमध्ये उत्तर प्रदेशमा ११ जनामा संक्रमण भेटिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया