भीम रावललाई किन प्रम देउवाले यतिसम्म भने ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७८
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडा टिप्पणी गरेका छन् ।
  • आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे ।
  • केपी ओलीले पेश गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ?

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडा टिप्पणी गरेका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे ।

केपी ओलीले पेश गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? देउवाले कडा शब्दमा भने, ‘किन दिमाग फुस्किएको थियो ?’ रक्षामन्त्री हुँदा एमसीसीबारे थाहा थियो कि थिएन भनी रावललाई प्रश्न गरे ।

रावलले एमसीसीको विरोध गर्नु औचित्यहीन र नैतिकताले पनि नदिने बताए । पदमा बसेको बेलामा चुप लाग्ने र अहिले चर्को कुरा गरिरहेको भन्दै रावलको आलोचना गरे । एमाले नेता रावल एमसीसीका चर्को आलोचक हुन् । उनी यो मुद्दामा पार्टी लाइन विपरित बोलिरहेका छन् । स्मरणीय रहोस्, प्रधानमन्त्री देउवा र एमाले नेता रावल दुवै सुदूरपश्चिमका हुन् । उनीहरुबीच टकराव चल्दै आएको छ ।

(fastfoodmenuprices.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?