सुनको मुल्य घटबढ
सारांश
- काठमाडौं, १५ असोज ।
- बुधबार उकालो लागेको सुनको मुल्य बिहीबार ओरालो लागेको छ ।
- आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
काठमाडौं, १५ असोज । बुधबार उकालो लागेको सुनको मुल्य बिहीबार ओरालो लागेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार ७ सयमा खरिद बिक्रि भएको थियो ।
यस्तै चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मुल्य बढेर १ हजार १९० रुपैयाँ पुगेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया