गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा

सारांश

  • काठमाडौँ ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
  • एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट २०२४ प्रतियोगिताका लागि उहाँलाई मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकमा थम्मन भुसाललाई नियुक्त गरिएको हो ।

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट २०२४ प्रतियोगिताका लागि उहाँलाई मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकमा थम्मन भुसाललाई नियुक्त गरिएको हो । प्रशिक्षकद्वयलाई एन्फाका महासचिव किरण राईले आज नियुक्ति पत्र प्रदान गरे ।

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डि’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । समूह ‘डी’ को खेल आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मङ्गोलियमा हुनेछ ।

प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

मुख्य प्रशिक्षक बस्नेतले यसअघि सन् २०२२ मा कीर्गिस्तानमा भएको एएफसी फुटसल एसियन कप छनोटमा पनि नेपाली टोलीको प्रशिक्षक समालेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?