कोरोना संक्रमणबाट चार जनाको मृत्यु पुष्टि (विवरणसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २९, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ साउन ।
  • कोरोना भाइरसको संक्रमणबाट आज देशमा थप चार जनाको मृत्यु पुष्टि भएको छ ।
  • योसँगै कुल मृतकको संख्या ९५ पुगेको छ ।

काठमाडौं, २९ साउन । कोरोना भाइरसको संक्रमणबाट आज देशमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कुल मृतकको संख्या ९५ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन पुरुष र एक महिलाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरी, अछाम र मोरङका पुरुष र धनुषाकी महिला हुन् ।

आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ७४ पुरुष, २० महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

मृतकको विवरण
१. महोत्तरी जिल्ला मटियारीका ४५ वर्षीय पुरुषको २५ साउनमा मृत्यु । क्षयरोग तथा मधुमेहका विरामी । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२. धनुषा मिथिला ढल्केबरकी ८५ वर्षीया महिलाको २८ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
३. अछामको रामारोशनका १८ वर्षीय पुरुषको २८ साउनमा पाटन अस्पताल ललितपुरमा मृत्यु । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४. मोरङ जिल्लाको विराटनगरका ५७ वर्षीय पुरुषको २८ साउनमा कोशी प्रादेशिक अस्पतालमा मृत्यु । मधुमेह तथा उच्च रक्तचापका विरामी थिए । २९ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशी गोलभेँडाले बजार नपाउँदा किसान सडकमा: भारतीय आयात रोक्न र उचित मूल्य तोक्न माग
स्वदेशी गोलभेँडाले बजार नपाउँदा किसान सडकमा: भारतीय आयात रोक्न र उचित मूल्य तोक्न माग
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
कोरोना जितेकी युवती भन्छिन् : धैर्य र आत्मबल कोरोनाको औषधि
कोरोना जितेकी युवती भन्छिन् : धैर्य र आत्मबल कोरोनाको औषधि
लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने
लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
मौरी चराउन चितवनका किसान चिउरी पाखामा
यौन हिंसा रोक्न युएन वुमनको आग्रह
यौन हिंसा रोक्न युएन वुमनको आग्रह
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन