भैंसी बचाउन जाँदा पहिरोले पुरिएर मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
२६ पटक हेरिएको
Shares
भैंसी बचाउन जाँदा पहिरोले पुरिएर मृत्यु

सारांश

  • धादिङ, ९ साउन ।
  • भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराति एक जनाको मृत्यु भएको छ ।
  • थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

धादिङ, ९ साउन । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

राति गोठमाथीबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठमा पहिरोले थिचेर पन्थको ज्यान गएको हो । पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीयवासी हरि थापाले बताए । यससहित जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।(फाइल तस्बिरः सांकेतिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?