मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द

सारांश

  • फलेवास, पर्वत, २५ वैशाख,पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।
  • सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो ।
  • आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ देखि ८ः३० बजेसम्म डेढ घण्टा तथा बिहान ९ः३० देखि १०ः३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ ।

फलेवास, पर्वत, २५ वैशाख,पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।

सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ देखि ८ः३० बजेसम्म डेढ घण्टा तथा बिहान ९ः३० देखि १०ः३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ । अपराह्न १२ः३० देखि २ बजेसम्म र ३ देखि ५ बजेसम्म सडक बन्द गरिएको छ । दिनमा चार पटक गरी छ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा छाड्ने गरेको कम्पनीका साइट इन्चार्ज काशीराज बोहोराले बताउनुभयो ।

मध्यपहाडी सडक आयोजना कार्यालयसँंग समन्वय गरेर सडक बन्द गरिएको उहाँले जानकारी दिनुभयो । गिरिचोकदेखि नयाँपुलसम्म झण्डै दुई किलोमिट क्षेत्रमा साँघुरो सडक काम बन्द नै गरेर फराकिलो पार्नुपर्ने बाध्यता रहेको बोहोराको भनाइ छ । “आयोजनासँंग समन्वय गरी यात्रु र सवारी सधानलाई मर्का नपर्ने गरी बन्द गरेका छौँ”, उहाँले भन्नुभयो, “बीचमा छ घण्टा भनिए पनि अहिले बढीमा दुई घण्टा मात्रै काम गर्न सकिएको छ ।” उक्त खण्ड फराकिलो बनाउन झण्डै एक महिना लाग्ने भएकाले त्यस अवधिमा यातायात बन्द हुनेछ । गिरिचोकबाट झोबाङ हुँदै नयाँपुल झर्ने वैकल्पिक सडकमा पनि सवारी साधन चलेकाले ठूलो मर्का नपर्ने र साना सवारी साधनलाई बीचबीचमा छाड्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभिजन इञ्जिनीयर रमेशकुमार दृष्टिले भने पूर्व सूचनाविना नै बन्दभन्दा पनि केहीबेर सवारी रोकेर काम गरिएको बताउनुभयो । सडक बन्द गर्ने निर्णय गर्न स्थानीय प्रशासन, सरोकार भएकाहरुसहितको बैठक बसेर निर्णय गर्नुपर्ने भए पनि अहिले निर्माण हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने ढंगले काम गर्न निर्देशन दिएको बताउनुभयो ।

कास्कीका प्रजिअ तारानाथ अधिकारीले सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माणको आवश्यकता हेरेर आयोजनाले काम अगाडि बढाएको होला भनी अनभिज्ञता प्रकट गर्नुभयो । “सडक निर्माण गर्दा पूर्वसूचना गरी स्थानीय सरोकारवालासहितको सहमतिमा गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार कार्यक्रम बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङखण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । विसं २०५० मा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो ।

सो सडक विस्तार र स्तरोन्नति गर्न करीब रु तीन अर्ब ३२ करोड लागत पर्नेछ । यता विनासूचना शनिबारदेखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रु भने मर्कामा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी
स्थानिय तहमा सिसिटिभि क्यामराको निगरानी
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार
प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभामा ३९ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभामा ३९ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म
चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म
प्रक्रिया पुरा नगरेकालाई इजाजत नदिन वैदेशिक रोजगार व्यवसायी संघको आग्रह
प्रक्रिया पुरा नगरेकालाई इजाजत नदिन वैदेशिक रोजगार व्यवसायी संघको आग्रह
बिटक्वाइनबाट यसरी अर्बपति बने अमिताभ बच्चन
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
रास्वपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’  (भिडियोसहित)
पानीजहाजदेखि चर्चामा आएकी शितल शर्माको आयो ‘नमुना जोडी’ (भिडियोसहित)
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो
मेसीलाई उनैले लगानी गरेको स्वास्थ्य चौकी उद्घाटन गर्न नेपालमा निम्तो

तपाईंले छुटाउनुभयो कि?