राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार

सारांश

  • युएई ।
  • नेपाली जनसम्पर्क समिति युएईले बाढीपहिरो पीडितहरुको लागि आर्थिक संकलन अभियानमा नेपाली ४ लाख ३० हजार उठाएको छ ।
  • आर्थिक संकलन समितिको संयोजक मणि लामालगायत ५ सदस्य तथा क्षेत्रीय सभापतिहरुको अथक प्रयासले उक्त रकम उठेको हो ।

युएई । नेपाली जनसम्पर्क समिति युएईले बाढीपहिरो पीडितहरुको लागि आर्थिक संकलन अभियानमा नेपाली ४ लाख ३० हजार उठाएको छ । आर्थिक संकलन समितिको संयोजक मणि लामालगायत ५ सदस्य तथा क्षेत्रीय सभापतिहरुको अथक प्रयासले उक्त रकम उठेको हो ।

बाढी प्रभावित क्षेत्रहरुमा राहत पुर्याउने लक्ष्यका साथ मंगलबार संकलन समितिसँग बसेको बैठकले तराईको ३ जिल्ला सुनसरी, मोरङ र झापामा राहत वितरण गर्ने निर्णय गरेको छ ।

हालैको अविरल वर्षा र बाढीबाट विस्थापित बनेका प्रभावित जिल्लाका बाढीपीडितहरुलाई लत्ताकपडा, खाद्यान्न, औषधी उपचारमा सहायता गरि पुर्नस्थापना गर्न नेपाली जनसम्पर्क समिति युएईले संगठनमा आबद्ध नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरेर राहत पठाएको हो ।

समितीको केन्द्रिय र क्षेत्रीय समितीमा आबद्ध सदस्यहरु, शुभेच्छुक र अन्य ईच्छुक नेपालीहरुबाट संकलन गरिएको कुल रकम १५ हजार ५ सय ३६ दिराम (नेपाली रुपैयाँ ४ लाख ३० हजार) बुधबार नेपाली जनसम्पर्क समिति युएईका सभापति खेमराज बस्नेतमार्फत नेपाल पठाईएको छ ।

युएई प्रतिनिधि जनक सापकोटाको प्रतिनिधित्वमा बाढी पीडितलाई राहत वितरण गर्ने भएको हो ।

यस अभियानका संयोजक मणि लामाका साथमा ५ सदस्य समिति र प्रत्येक क्षेत्रका सभापति, विनोद तमाङ, अमर रानाभाट, शिव चालीसे, कृष्ण गिरी, सूर्य बस्नेत, चित्र केसी, भूवानी तिमिल्सिनाले यस कार्यलाई सफल बनाउन धेरै मेहनत गरेका छन् ।

उठेको रकम : १५,५३६ दिराम 
नेपाली रु. ४,३०,०००
१. सुनसरी – १ लाख ७० हजार 
२. मोरङ – १ लाख ३० हजार 
३. झापा – १ लाख ३० हजार

यसरी ३ जिल्लामा राहत वितरण गरिने जनक सापकोटाले बताए । नेपाली जनसम्पर्क समितिको ब्यानरसहित बाढी पिडितको बस्तिमै गएर राहत बाँड्ने उनले बताए ।  उनले सहयोगी मनहरुप्रति नमन अनि यो अभियानमा अनवरत खटिनहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?