ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
ऊर्जा आयात न्यूनीकरणमा मलमूत्रीय फोहर

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ ।
  • सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल ९सोफेन०द्वारा आज यहाँ आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले यस्तो फोहरलाई प्रशोधन गरी कृषि मल, ऊर्जाजस्ता बहुआयामिकरुपमा प्रयोग गरेर स्थानीयवासीलाई लाभान्वित गर्न सकिने सुझाव दिएका छन् ।

काठमाडौँ, २१ भदौ । मानव मलमूत्रीय फोहरलाई व्यवस्थितरुपमा सङ्कलन गरी व्यावसायिकरुपमा प्रयोग गर्नसके ऊर्जा आयात न्यूनीकरणमा सघाउ पुग्ने बताइएको छ ।
सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल ९सोफेन०द्वारा आज यहाँ आयोजित मानव मलमूत्रीय फोहर व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी वक्ताले यस्तो फोहरलाई प्रशोधन गरी कृषि मल, ऊर्जाजस्ता बहुआयामिकरुपमा प्रयोग गरेर स्थानीयवासीलाई लाभान्वित गर्न सकिने सुझाव दिएका छन् ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अव्यवस्थित बसोबास र बढ्दो शहरीकरणका कारण समाजमा वातावरणीय पक्षको संरक्षण गर्न चुनौती थपिएको बताउँदै मलमूत्रीय फोहरलाई समुचितरुपमा व्यवस्थापन गर्न सकेमा नदी तथा वातावरण संरक्षणमा योगदान पुग्ने बताउनुभयो । उहाँले यस किसिमको परियोजनालाई सफल बनाउन आवश्यक नीति, निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहका सरकारले विज्ञ तथा सरोकारवाला पक्षसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री गणेश साहले पानीका विभिन्न स्रोत तथा नदीमा भएको प्रदूषणको भारलाई न्यूनीकरण गर्न यस प्रविधि उपयुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।खानेपानी विभागका महानिर्देशक तेजराज भट्टले अप्रशोधित मानव मलमूत्रीय फोहरले सतह र जमीनमुनिका पानीका स्रोतमा प्रदूषण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा ढल व्यवस्थापन र सरसफाइबारे स्थानीयवासीलाई बुझाउन खाँचो रहेको बताउनुभयो ।

तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाका विज्ञ हरिप्रसाद शर्माले ठूला शहरमा सरकारले योजनाबद्धरुपमा ढल व्यवस्थापन गरी सङ्कलन भएको फोहरलाई व्यवस्थापन गर्न सक्ने भए पनि ग्रामीण भेगमा प्रशोधनसहित ढलको व्यवस्थापन गर्न समस्या रहेको बताउनुभयो ।विज्ञ डा विन्दुनाथ लोहनी, धुलिखेल नगरपालिका प्रमुख अशोक बेञ्जु, सोफेनका उपाध्यक्ष सञ्जीवविक्रम राणा तथा कार्यक्रमका संयोजक रामदीप साहलगायतले पछिल्लो समय विकास भएका नयाँ प्रविधिको प्रयोग गरी फोहरलाई व्यवस्थित गर्न सकेमा मल तथा ग्यासको आयात न्यूनीकरण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु
युद्ध अन्त्यका लागि पुटिनका मागहरू के हुन्?
युद्ध अन्त्यका लागि पुटिनका मागहरू के हुन्?
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
एमाले अध्यक्ष ओलीद्वारा भारतीय गणतन्त्र दिवसको शुभकामना
२ हजार २ सय ३३ जना कर्मचारी दरबन्दी खुल्दै
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
काेरिया भाषा परिक्षाकाे नतिजा सार्वजनि (नतिजा सहित)
साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई हराउँदै भारत फाइनलमा
साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई हराउँदै भारत फाइनलमा
जनावरले बनाएका अचम्म लाग्ने कीर्तिमान !
जनावरले बनाएका अचम्म लाग्ने कीर्तिमान !
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित

तपाईंले छुटाउनुभयो कि?