मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना बन्द गरिँदै

सारांश

  • काठमाडौँ, ६ फागुन , सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ ।
  • आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पु¥याउन थालेपछि मर्मत गर्न लागिएको हो ।
  • आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गरिन लागिएको हो ।

काठमाडौँ, ६ फागुन , सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ ।

आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने र बाँधमासमेत क्षति पु¥याउन थालेपछि मर्मत गर्न लागिएको हो । आयोजना यही फागुन १० देखि २० गतेसम्म बन्द गरिन लागिएको हो ।

वर्षाको समयमा बाँधको बायाँ तर्फबाट खसेको पहिराका कारण समस्या निम्तिँदै आएको र त्यसले आयोजनाको संरचनामा समेत क्षति पुग्ने भएकाले दश दिन परियोजना बन्द गरेरै मर्मत गर्न लागिएको हो ।

मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन बन्द भए पनि यसका कारणले आम उपभोक्तालाई विद्युत् कटौतीको समस्या नपर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

कुनै भवितव्यले विद्युत् प्रणालीमा समस्या उत्पन्न भए मुलुकको कुनै स्थानमा केही समय भने विद्युत् आपूर्ति सामान्य रुपमा अवरुद्ध हुनसक्ने घिसिङको भनाइ छ ।

उहाँले भन्नुभयो – “यस अवधिमा विद्युत् कटौती हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत्गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्था गरिएको छ । भारतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । समस्या पर्ला जस्तो लाग्दैन ।”

प्राधिकरणकाअनुसार हाल कुलेखानीस्थित इन्द्रसरोवरमा पानीको सतह एक हजार ५२१ दशमलव ९८ मिटर रहेको छ जुन गत वर्षको यही अवधिको तुलनामा ३ दशमलव ८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

मध्यमस्र्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको आयोजनाका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।

“गतवर्ष नै मर्मत गर्न लागेका थियौंं तर भारप्रेषण केन्द्र (एलडिसी)बाट विद्युत् व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो,” उहाँले भन्नुभयो – “यसवर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि दश दिनभित्र मर्मत सक्ने गरी केन्द्रबाट अनुमति पाएका छौं ।”

आयोजना प्रमुख गौतमकाअनुसार, मर्मतको काम २४ सै घण्टा सञ्चालन गरिने छ । सो आयोजनाबाट विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

अन्य समयमा नदीमा पानीको सतह घटेका कारण करिब ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । मध्यमस्र्याङ्दी आयोजना अर्धजलाशययुक्त आयोजना हो ।

(www.patchhawaii.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि पल शाहले मेरो तलब ५० हजार पु¥याए : जोशी
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
घाँटी रेटिएको अवस्थामा बन्दीपुरको झाडीमा एक व्यक्तिको शव फेला
घाँटी रेटिएको अवस्थामा बन्दीपुरको झाडीमा एक व्यक्तिको शव फेला
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
आलेख : निधिको विरासतमाथि महतोको चुनौती
कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्
कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्
It’s confirmed! ‘Roadies’ fame Raghu Ram to get married to girlfriend, Natalie Di Luccio in December this year!
It’s confirmed! ‘Roadies’ fame Raghu Ram to get married to girlfriend, Natalie Di Luccio in December this year!
इन्द्रजात्राको शुभकामना दिदै प्रम ओलीले भने ‘यस्ता चाडपर्व नेपालका सांस्कृतिक पूँजि हुन्’

तपाईंले छुटाउनुभयो कि?