इन्द्रजात्राको शुभकामना दिदै प्रम ओलीले भने ‘यस्ता चाडपर्व नेपालका सांस्कृतिक पूँजि हुन्’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १६, २०७७
|
|
७० पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन् ।
  • इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताएका छन् ।
  • सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको बताउँदै उनले सन्देशमा भनेका छन्, “ नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौंँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताएका छन् ।

सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको बताउँदै उनले सन्देशमा भनेका छन्, “ नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौंँ । ”

सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख गर्दै उनले सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशिला नेपालीका लागि गौरवको विषय भएको जनाए ।

सन्देशमा उनले कोभिड– १९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्दै महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैलाई आग्रहसमेत गरेका छन् । रासस

(https://www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
बालिका बलात्कारकाे आरोपमा पक्राउ युवक लाई १२ बर्ष जेलज
स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’
स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कति छ ताेलाकाे ?
स्वास्थ्य मन्त्रालयका कर्मचारी:  हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
स्वास्थ्य मन्त्रालयका कर्मचारी: हाजिर गर्ने अनि क्यान्टिन गएर चिया खाजा खाएर घर फर्किने
के गर्दैछन् चीनमा ओली ?
के गर्दैछन् चीनमा ओली ?
घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित
घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित
ओली सरकार ढाल्ने देउवाको चेतावनी
ओली सरकार ढाल्ने देउवाको चेतावनी
प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?
प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु
दुबई बस दुर्घटना: सङ्केतचिह्नमा बस ठोकिँदा विभिन्न देशका १७ जनाको मृत्यु