राजपाका नेताद्वय के गर्दैछन् दिल्लीमा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
४३ पटक हेरिएको
Shares
राजपाका नेताद्वय के गर्दैछन् दिल्लीमा ?

सारांश

  • काठमाडौं, २ वैशाख ।
  • प्रधानमन्त्री केपी ओली भारतबाट फर्किएको भोलिपल्टै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली प्रस्थान गरे ।
  • ठाकुर गएको दुई दिनपछि अर्का राजपा नेता महेन्द्र राय यादव पनि भारत गए ।

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी ओली भारतबाट फर्किएको भोलिपल्टै राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली प्रस्थान गरे । ठाकुर गएको दुई दिनपछि अर्का राजपा नेता महेन्द्र राय यादव पनि भारत गए ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनलगायत नेपालको राजनीतिबारे कुनै कुरा उल्लेख नगरेकाले धेरैले ठाकुर र यादवको दिल्ली भ्रमणलाई चासो दिए । उनीहरू दिल्लीमा भारतीय संस्थापन पक्षसँग नेपालको संविधान संशोधनबारे दबाब दिन गएको भनेर पनि विश्लेषण गरे । तर, ठाकुर र यादव आफ्नै स्वास्थ्य उपचार गराउन नयाँ दिल्ली गएका हुन् भन्ने कुरा कमैलाई मात्र थाहा छ ।

राजपा संयोजक ठाकुर मुटुरोगी हुन् । उनी केही समयदेखि अस्वस्थ थिए । उनको मुटुमा पेसमेकर जडान भएको छ । नेता यादव पनि मुटुरोगी हुन् । दुवै नेताको अहिले नयाँ दिल्लीको मेदान्त अस्पतालमा फ्लोअप उपचार भइरहेको राजपाका एक नेताले बताए । दुवै नेता वैशाखको पहिलो साताभित्र नेपाल आउने भएका छन् ।

वैशाख ७ गते राजपाको स्थापना दिवस हो । स्थापना दिवस मनाउनकै लागि दुवै नेता चाँडै आउने भएका छन् । राजपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । सम्भवतः वैशाख ८ गते बस्ने राजपा राजनीतिक समितिको बैठकले दलको नेता चयनबारे छलफल गर्ने राजपाका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार युवाद्वारा आइसोलेसनमा दूध सहयोग
चार युवाद्वारा आइसोलेसनमा दूध सहयोग
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
सुरक्षाको लागि जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा
सुरक्षाको लागि जडान गरिएका ३७ सीसी क्यामरामध्ये १४ मात्रै सञ्चालनमा
नारायणघाट–मुग्लिन सडक सञ्चालनमा
नारायणघाट–मुग्लिन सडक सञ्चालनमा
शून्य समय : शरणार्थी प्रकरणमा स्वतन्त्र छानबिन माग
शून्य समय : शरणार्थी प्रकरणमा स्वतन्त्र छानबिन माग
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, तत्काल डिस्चार्ज नहुने !
अर्को वर्ष ३ सय पुल बन्छन् : मन्त्री महासेठ
अर्को वर्ष ३ सय पुल बन्छन् : मन्त्री महासेठ
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
हिमालय टिभीमा श्रमजीवी पत्रकारहरुको पक्षमा महासंघको आन्दोलन शुरु
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)