लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान यस्ताे हुनसक्छ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान  यस्ताे हुनसक्छ !

सारांश

  • शारीरिक रूपले निस्क्रिय मान्छेको शरीर रोगको घरमा परिणत हुनसक्छ।
  • संसारभर ६ प्रतिशत हृदयरोग र अमेरिकामा हुने ११ प्रतिशत अकाल मृत्युको कारण शारीरिक निस्क्रियता नै भएको अनुसन्धानले देखाएको छ।
  • अनुसन्धानअनुसार शारीरिक परिश्रमले मान्छेको आयु बढाउन र हृदय रोगबाट बचाउन मद्दत त गर्छ, तर यति मात्र पर्याप्त छैन।

शारीरिक रूपले निस्क्रिय मान्छेको शरीर रोगको घरमा परिणत हुनसक्छ। संसारभर ६ प्रतिशत हृदयरोग र अमेरिकामा हुने ११ प्रतिशत अकाल मृत्युको कारण शारीरिक निस्क्रियता नै भएको अनुसन्धानले देखाएको छ।अनुसन्धानअनुसार शारीरिक परिश्रमले मान्छेको आयु बढाउन र हृदय रोगबाट बचाउन मद्दत त गर्छ, तर यति मात्र पर्याप्त छैन।

दैनिक घन्टौं एकोहोरो कुर्सीमा बस्नुहुन्छ भने नियमित व्यायाम वा शारीरिक सक्रियताले मात्र तपाईंलाई स्वस्थ नराख्न सक्छ। पछिल्लो अनुसन्धानले भन्छ, ‘म दैनिक व्यायाम गर्छु, त्यसै ले जति बेर कुर्सीमा बसे पनि केही बिग्रँदैन भन्ने सोचाइ गलत हो।’अमेरिकी जर्नल अफ फिजियोलोजीमा गत महिना प्रकाशित एक लेखले अत्यन्त धेरै समय कुर्सीमा बस्ने र शारीरिक रूपमा सक्रिय रहने मानिसको शरीरमा हुने रासायनिक प्रक्रिया दाँजेर उक्त नि ष्कर्ष निकालेको हो। अनुसन्धानअनुसार दिनको एकचोटि कठोर व्यायाम गर्ने र त्यसपछि लामो समय एकोहोरो कुर्सीमा बस्ने मान्छेलाई त्यो कठोर व्यायामले कुनै लाभ हुँदैन।

अनुसन्धानका लागि अमेरिकाको टेक्सास विश्वविद्यालयका अनुसन्धानकर्ताले सात जना मानिसलाई यन्त्र झुन्ड्याएर चार दिन लगातार सक्रिय ढंगले बस्न र अर्को चार दिन लगातार कुर्सीमा बसेर बिताउन लगाएका थिए।सक्रिय हुँदा उनीहरू सम्भव भएसम्म हिँडे। उनी हरूले प्रत्येक दिन लगभग १७ हजार कदम हिँडेको रेकर्ड छ। यसबीच उनीहरूले दिनभरिमा लगभग ८ घन्टा कुर्सीमा बिताएका थिए।त्यस्तै, अर्को परीक्षणमा उनीहरूले व्यायाम त गरे, तर लगभग १४ घन्टा निरन्तर कुर्सीमै बसे।पहिलो अनुसन्धानबाट उनीहरूको शरीरमा ट्रिग्लीसेराइड्सको मात्रा घटेको पाइयो। ट्रिग्लीसेराइड्स यस्तो बोसो पदार्थ हो, जुन खानापछि रगतमा मिसिन्छ र त्यसको मात्रा अत्यधिक हुँदा हृदयरोग हुने गर्छ। तर, तिनै मानिस लगातार १४ घन्टा कुर्सीमा बस्दा व्यायाम गरे पनि उनीहरूको रगतमा ट्रि ग्लीसेराइडसको मात्रा घटेन।

यसबाट अनुसन्धानकर्ता के निचोडमा पुगे भने, अत्यन्त धेरै समय बस्ने हो भने तपाईंले व्यायाम नै गरे पनि त्यसले चाहेको फाइदा हुँदैन र हृदयरोगको सम्भवना पनि कम हुँदैन। अर्थात्, व्यायामको फाइदालाई अत्यधिक बसाइले रोक्छ।अनुसन्धानकर्ताका अनुसार ला मो र निरन्तर कुर्सी वा सोफामा बस्दा मानिसको आयु घटेको पाइएको छ। लामो समय बस्नैपर्ने छ भने तपाईं बेलाबेला उभिने र साधारण किसिमको नै भए पनि व्यायाम वा शारीरिक परिश्रम गर्दा शरीरमा पर्ने घातक प्रभाव कम हुन्छ।मानिस फिरन्ते र शारीरिक परिश्रम गर्ने जाति हो। आफ्नो विकासक्रमका पछिल्ला दसौं हजार वर्षमा मानिसले दैनिक शिकार, खेतीपाती, हिँडडुल र अन्य शारीरिक परिश्रममा समय बिताएको छ। उसको शारीरिक प्रणाली पनि हिँडडुल र परिश्रम गर्नकै लागि विकास भएको छ।

तर, औद्यो गिक क्रान्ति र सेवा क्षेत्रको विस्तारसँगै मानिसले गर्ने काम र रोजगारीको प्रकृति बदलिएको छ। मानिस अब धेरैजसो समय कुर्सीमै बसेर काम गर्ने भएको छ।मानिसको जीवनशैलीको रफ्तार जुन ढंगले बदलिएको छ, त्यसको अनुपातमा मानिसको जैविक विकासमा परिवर्तन भएको छैन। त्यसले मानिसको शरीरमा कयौं किसिमका जटिलता तथा रोग निम्त्याएको छ।

एक सर्वेक्षणअनुसार संसारभर ६० प्रतिशतभन्दा धेरै मानिस दैनिक ३ घन्टाभन्दा बढी समय कुर्सीमा बसेर बिताउँछन्। सन् २००२ देखि २०११ सम्म करिब ४ लाख ३३ हजार मृत्युको कारण एकोहोरो बसाइ भएको अनुसन्धानले देखाएको छ।विभिन्न देशको आँकडा हेर्दा दैनिक एक जना व्यक्ति कुर्सीमा बस्ने औसत समय ४।७ घन्टा देखियो। यसलाई आधा मात्र घटाउन सके मानिसको विभिन्न कारणले हुने मृत्युमा २।३ प्रतिशत कमी आउँछ।‘हामीले गर्न सक्ने केही कुरा छन्,’ साओ पाउलो विश्वविद्यालयमा पिएचडीमा अध्य यनरत अनुसन्धानकर्ता लिआन् रेजेन्ड्रे भन्छन्, ‘कुर्सीमा काम गरिरहेको समयमा बेलाबेला उभिने गर्नुस् र पानीको बोतल टेबुलमा राख्नुको साटो पानी पिउने स्थानमै जानुस्।

यसरी उभिँदा मात्रै पनि तपाईंको शरीरको केही शक्ति खर्च हुन्छ।’अर्को उपाय पनि छ :काम गर्दागर्दै अर्को सहकर्मीसँग सल्लाह गर्नुपरे फोन गर्ने वा उसलाई आफूकहाँ डाक्ने गल्ती नगर्नुस्। जुरुक्क कुर्सीबाट उठ्नुस् र आफैं लम्केर उसकहाँ जानुस्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’: प्रधानमन्त्री
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला
देउवा सरकारको झुठो निर्णय थियो भूकम्पपीडित र बाढीपीडितलाई १ लाख अनुदानवाला
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
पाइपलाइन र भण्डारण गृह बनाइँदै
पाइपलाइन र भण्डारण गृह बनाइँदै
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन
‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन

तपाईंले छुटाउनुभयो कि?