महरा कति वर्षा जेल बस्नुपर्छ?
सारांश
- काठमाडौं।
- संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका जेल चलान भएका छन्।
- थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौं। संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका जेल चलान भएका छन्। थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउन आदेश दिएको छ। तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेरै मुद्दा छिन्नुपर्ने देखिएको ठहर गरी थुनामा पठाउन आदेश भएको हो।
अदालतको आदेशसँगै महरा डिल्लीबजार कारागार चलान भएका छन्। सोमबार दुवै पक्षका वकिलहरूको थुनछेक बहस सकिएपछि जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामा राख्न आदेश दिएको हो। थुनछेक बहस आइतबार सुरु भएको थियो। पीडितका तर्फबाट चन्द्रकान्त खनाल, उमाकान्त पौडेल, हरि रेग्मी र सृजना ढकालले बहस गरेका थिए। महराको तर्फबाट लव मैनाली, रमण श्रेष्ठ, भोजराज आचार्य, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए।
बिहीबार दर्ता भएको मुद्दामा महराले शुक्रबार न्यायाधीशसमक्ष इन्कारी बयान दिएका थिए। जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योग र पदीय ओहदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ। फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महराको सांसद पद गुमेको छ । मुद्दाको फैसला नभएसम्म महरा कारागारमा रहनेछन्। उनले अदालतको थुनछेक आदेशविरुद्ध पुनरावेदन गर्न भने पाउनेछन्।
गत असोज १२ गते संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। प्रहरीले महरालाई गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ परेपछि महरा अस्वस्थ भएको भन्दै असोज २३ गतेबाट नर्भिक अस्पतालमा थिए।
महरा पक्राउ परेको २५ दिनपछि महराविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको थियो। पक्राउ परेको २९ दिनमा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
(Klonopin)
प्रतिक्रिया