नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
१६ पटक हेरिएको
Shares
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य

सारांश

  • विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।
  • नास्टले यहाँबाट विकास भएका प्रविधि स्थानीयवासीलाई स्थानीय तह हुँदै पुयाउँछ ।
  • स्थानीय तहसँग अधिकार र बजेट दुवै भएकाले विकास भएका प्रविधि सहजै अपनाउन सक्छन् ।

विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने भएकाले स्थानीय तहसँग सहकार्य बढाइएको प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो ।

नास्टले यहाँबाट विकास भएका प्रविधि स्थानीयवासीलाई स्थानीय तह हुँदै पुयाउँछ । स्थानीय तहसँग अधिकार र बजेट दुवै भएकाले विकास भएका प्रविधि सहजै अपनाउन सक्छन् । उहाँले भन्नुभयो, “हामीले विभिन्न कार्यक्रममार्फत सहकार्य बढाइरहेका छौँ ।”

नास्टले पहिले यहाँबाट अध्ययन र अनुसन्धान गरेपछि स्थानीयस्तरमा हस्तान्तरण गर्छ । स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीबाटै जीविकोपार्जन सहज हुने भए पनि स्थानीयवासीलाई यसको ज्ञान हुँदैन । धेरै स्थानीय तहमा प्रविधि हस्तान्तरण गर्दा त्यसलाई नौलो मानेर चासो देखाउँछन् । ती तहले चासो देखाए पनि शुरु गर्न हतार नगरेको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, “फोहरको व्यवस्थापन, खरको घरमा आगो नलाग्ने प्रविधि वा विपतको पूर्वसूचना दिने प्रविधि स्थानीय तहले शुरु नगरे पनि चासो देखाएका छन् ।”नास्टले स्थापनाकालदेखि नै विज्ञान र प्रविधिको क्षेत्रमा अध्ययन र अनुसन्धान गरेर सफल भएको प्रविधि स्थानीयवासीलाई हस्तान्तरण गर्दै आएको छ ।   (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?