गायक लामिछानेकाे‘यो शहर’सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
गायक लामिछानेकाे‘यो शहर’सार्वजनिक

सारांश

  • भक्तपुर, २० साउन ।
  • साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।
  • भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घर मै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो ।

भक्तपुर, २० साउन । साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घर मै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो ।  विगत तीन वर्षदेखि प्यारालााईसिस र अन्य रोगले ओछ्यान मै थलिएका साहित्यकार लामिछानेको सम्मान स्वरुप साहित्यकार र संचारकर्मीको टोली उहाँ कै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो ।

विमोचन पछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले गीत, संगीत र साहित्य कहिल्य मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकम मध्ये नगद रु. १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गर्नुभयो । कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मान स्वरुप उहाँ कै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारले उहाँको उपचारको लागि उचित व्यबस्था गरिदिन आग्रह गर्नुभयो ।


स्वास्थ्य उपचारमा सहयोग पुर्याउन आफूले रकम प्रदान गरेको बताउँदै उहाँले साहित्य, गीत संगीतको क्षेत्रमा लाग्ने कलाकारको नाजुक अबस्था देखेर दुःख लागेको बताउनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगार्ई)ले उहाँको घरको अबस्था र स्वास्थ्य अबस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उहाँको उचित व्यबस्थापनमा सरकारको ध्यान नपुगेको बताउनुभयो । त्यसअवसरमा क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले प्यारालाईसिसले ओछ्यान मै पर्नु भएका गायक लामिछानेलाई गीत संगीत क्षेत्रमा लागेको श्रष्टाहरु पनि सहयोग गर्नुपर्ने औल्याउनुभयो ।

गायक लामिछानेले उचित स्वास्थ्य उपचार पाएमा स्वास्थ्यमा सुधार आउँने बताउँदै एउटा गायक, श्रष्टा र देशको गहनाको रुपमा रहेका गायक २४ सै घण्टा ओछ्यानमा बस्नु पर्दाको पीडा महसुस गर्न नसक्ने भन्दै उपचारको व्यबस्था गर्न ढिलाई गर्न नहुने बताउनुभयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले हरायो बङ्गलादेशलाई
नेपालले हरायो बङ्गलादेशलाई
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
करण जाेहरले ताेड्द‌ै सलमानकाे रेकर्ड, लगातार १५ ठूला फिल्म १५ सय कराेड कमाइ !
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
एक्सनमा लालबाबुः तारे होटल, सिमेन्ट उद्योग र अस्पतालमाथि कारवाही
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
फिलिपिन्स काट्रियोना भईन मिस यूनिभर्स नेपालकी मनिता उत्कृष्ट १० बाट आउट
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम
काममा ढिलासुस्ति भएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा जक्काजाम

तपाईंले छुटाउनुभयो कि?