प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
२० पटक हेरिएको
Shares
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना

सारांश

  • नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ ।
  • राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।
  • नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।

नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो । “अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्”, उहाँले भन्नुभयो । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्टरूपमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।

अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा मीनराज पाठकले जानकारी दिनुभयो ।

महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गर्नुभएको थियो । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बजारमा गिरावट मंगलबारको कारोबार दोहोरो अंकले घट्यो
सेयर बजारमा गिरावट मंगलबारको कारोबार दोहोरो अंकले घट्यो
भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा
भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा
वामपन्थीको  एकताका तीन आधार देखे झलनाथले ,के के होलान् त ?
वामपन्थीको एकताका तीन आधार देखे झलनाथले ,के के होलान् त ?
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
महिलाहरुको पहिलो रोजाइ बन्दै दाढीबाला पुरुष !!
महिलाहरुको पहिलो रोजाइ बन्दै दाढीबाला पुरुष !!
सत्ता गठबन्धन बैठक स्थानीयस्तरमा एमालेसँग भएका तालमेल खारेज गर्ने गठबन्धनको निर्णय
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
मुख्यमन्त्री राउतविरुद्ध खनिए नवराज सिलवाल, हावा कुरा नगर्न चेतावनी (भिडियोसहित)
साउन १२ गते सोमवारको राशिफल यस्तो छ
साउन १२ गते सोमवारको राशिफल यस्तो छ
जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट
जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट

तपाईंले छुटाउनुभयो कि?