मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी
सारांश
- काठमाडौं।
- मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ।
- प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५र७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो।
काठमाडौं। मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५र७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो। आव २०७४र७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५र७६ मा भने २२८ मुद्दा दर्ता भएका छन्। आव २०७३र७४ मा २२७ मुद्दा दर्ता भएका थिए।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताउँछन्। “नेपाल प्रहरीको बढ्दो सक्रियता र जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो”, उनले भने।
नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्न मानव बेचविखन नियन्त्रण ब्यूरोको स्थापना गरेको छ। महिला तथा बालबालिका बेचविखन बढेसँगै सरकारले आव २०७५र७६ को बजेटमा मानव बेचविखन नियन्त्रण ब्यूरो स्थापनाका लागि रकम विनियोजन गरेपछि ब्यूरो स्थापना भएर काम गर्दै आएको उनको भनाइ छ।
प्रतिक्रिया