नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २०, २०७९
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।
  • एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भनेका छन् ।

काठमाडौं। प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्’ भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच तालमेल हुने हल्ला मात्रै भएको बताएका हुन् ।

अहिले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको नेपालको भनाइ थियो। ‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फौलाइरहेका छन् । हामी कम्तीमा केही महिनापछि हुने प्रतिनिधिसभासम्मको निर्वाचनसम्म गठबन्धन तोड्न दिनेछैनौँ,’ अध्यक्ष नेपालले भने ‘हामीमा कुनै पदको लालसा छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?