हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
५० पटक हेरिएको
Shares
हेलिकप्टर कम्पनीले पनि ५४ लाख कर बक्र्यौता तिर्न बाँकी

सारांश

  • काठमाडौँ, ५ माघ ।
  • आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् ।
  • आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पु¥याइरहेका छन् ।

काठमाडौँ, ५ माघ । आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले रु ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् । आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पु¥याइरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने रकम बुझाउन नमानेका हुन् । उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको समान १८ लाखभन्दा बढी बक्यौता रहेको छ । श्री एयरको रु १८ लाख ९९ हजार ५७८ बाँकी छ । सिम्रिक एयरको रु १८ लाख २९ हजार ७४३ रकम तिर्न बाँकी रहेको छ ।

यस्तै एयर डायनास्टिकको रु २६ हजार ३६३, प्रभु हेलिकप्टरको रु १६ हजार ६६९, माउण्टेन हेलिकप्टरको रु नौ लाख पाँच हजार २९०, मनाङ एयर रु ९१ हजार ३२२, फिस्टेल एयरको रु तीन लाख ६४ हजार ३६५ बाँकी रहेको छ ।

आन्तरिक र अन्तर्रास्ट्रिय उडानमा रहेका विभिन्न वायु सेवा कम्पनीले रु ६६ करोड ३९ लाख ४६ हजार ३०७ बक्यौता तिर्न बाँकी रहेको छ । बढी बक्यौता रहेको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले विमानस्थलमा रहेको बिलिङ प्रणालीमा रहेको कमजोरीका कारण बक्यौता रकम देखिएको बताए ।

“हामी बक्यौता रकम तिर्न तयार छौँ, विमानस्थल कार्यालयले आफ्नो प्रणालीलाई व्यवस्थित गर्न नसक्दा समस्या भएको छ, हाम्रो नतिर्ने नियत होइन”, उनले भने । सो एयरको आठ वटा हेलिकप्टर सञ्चालनमा छन् । त्यसमा रसियामा निर्मित एमआई १७ हेलिकप्टर छ वटा छन् भने साना दुई वटा हेलिकप्टर सञ्चालनमा छन् ।

विमानस्थल कार्यालयमा सधैँजसो बदलिने प्रमुख तथा कर्मचारीका कारण पनि आफूहरुलाई समस्या परेको जानकारी दिँदै उहाँले नियमावलीअनुसार पैसा उठाउनुपर्ने बताए ।

यस्तै बढी बक्यौता रहेको सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान बज्राचार्यले बक्यौता रकम तिर्न कुनै समस्या नभएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ताकेता गरेपछि रकम तिर्ने प्रक्रियामा लागेको र छिट्टै रकम बुझाउने उनको भनाइ छ ।

“पुरानो बक्यौता तिर्न बाँकी रहेको हो, हामी छिट्टै प्राधिकरणलाई रकम बुझाउँछौँ, रकम बुझाउन पनि प्राधिकरणले सहजीकरण गरिदिनुपर्छ”, बज्राचार्यले भने । सिम्रिक एयरका हाल चार वटा हेलिकप्टर सञ्चालनमा छन् । थप एक कैलाश हेलिकप्टर ल्याउने तयारीमा कम्पनी रहेको उनको भनाइ छ ।

प्राधिकरणले बक्यौता रकम उठाउन वायुसेवा प्रदायक कम्पनीलाई ताकेता गरेपछि विगतमा अटेर गर्दै आएका समेत रकम तिर्न तयार भएका छन् ।

नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले पुरानो बक्यौता तिर्न बाँकी रहेको भए पनि आफूहरु तिर्न तयार रहेको बताए । उनले प्राधिकरणले तिर्न आग्रह गरेपछि सबै वायु सेवा प्रदायक कम्पनीले रकम तिर्नु दायित्वभित्रै पर्ने विषय भएकाले संघको तर्फबाट सहजीकरण गरिने बताए ।

तीन–तीन महिनामा बिल आउने भएकाले केही बढी रकम देखिन सक्ने भए पनि बिलअनुसारको रकम तिर्नु नै पर्ने बताउँछन् । बिलिङ प्रणालीमा रहेको समस्याका कारण पनि केही बढी रकम देखिएको प्रवक्ता आचार्यको भनाइ छ ।

बन्द भएका विमान कम्पनीको रु ११ करोड बढी बक्यौता रकम रहेको र सञ्चालनमा नै रहेका कम्पनीको रु ६६ करोड बक्यौता रहेको सन्दर्भमा हेलिकप्टर कम्पनीको पनि बक्यौता देखिएको हो ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कुनै पनि वायु सेवा प्रदायकलाई छुट दिन नसकिने र उनीहरुबाट बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए ।

बक्यौता रकम उठाउन प्राधिकरणले एक छानबिन समितिसमेत गठन गरिसकेको छ ।

रमेश लम्साल/सिबी अधिकारी

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
निर्वाचनले सिंहदरबारको अधिकार गाउँमा स्थापित गराउँछःपौडेल
एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख
एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख
निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित
निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
रविन्द्र अधिकारीले सम्हाल्ने भए पर्यटनको कमाण्ड
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती
बीमा ऐन संशोधन हुदै , बिगो अनुसार ५ वर्ष सम्मको जेल सजाय
बीमा ऐन संशोधन हुदै , बिगो अनुसार ५ वर्ष सम्मको जेल सजाय
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता