मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन

सारांश

  • लहान, ७ फागुन , सिरहाको लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र सरसफाइ तथा व्यवस्थित नभएको पाइएको हो ।
  • इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा गरिएको अनुगमनको क्रममा लहान नगरपालिका–६ स्थित राजु वेकरी उद्योग, न्यू मुङ्गेरिया स्वीट एण्ड चाट हाउसमा अनुगमन गर्दा सरसफाइ तथा खाद्यान्न अनुज्ञापत्र नरहेको पाएको छ ।

लहान, ७ फागुन , सिरहाको लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र सरसफाइ तथा व्यवस्थित नभएको पाइएको हो ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा गरिएको अनुगमनको क्रममा लहान नगरपालिका–६ स्थित राजु वेकरी उद्योग, न्यू मुङ्गेरिया स्वीट एण्ड चाट हाउसमा अनुगमन गर्दा सरसफाइ तथा खाद्यान्न अनुज्ञापत्र नरहेको पाएको छ ।

त्यसैगरी किसन स्वीटस एण्ड चार्ट हाउसमा पनि सरसफाइ राम्रो नरहेको तथा बिना लेबल ब्रेड बिक्री वितरण भइरहेको साथै उक्त होटलमा म्याद समाप्त भएको पेयपदार्थ कोकोकोला दुई लिटरको १४ थान, फेण्टा दुई लिटरको सात थान र स्पराइट दुई लिटरको १० थान फेला परेकाले नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा खाद्यान्न अनुज्ञा प्रमाणपत्र नरहेको होटललाई अनुज्ञापत्र लिन सात दिनको म्याद दिइएको प्रमुख सुरेशकुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने
कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
दार्चुलामा वाम गठबन्धनका तीनै उम्मेदवारको अग्रता
दार्चुलामा वाम गठबन्धनका तीनै उम्मेदवारको अग्रता
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप
अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप
प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित

तपाईंले छुटाउनुभयो कि?