नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परे सिटिजन्स बैंकका ६ कर्मचारी

सारांश

  • काठमाडौं ।
  • सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • आज सोमबार नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं । सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज सोमबार नक्कली शैक्षिक प्रमाणपत्रको छानबिनका लागि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

स्रोतका अनुसार बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको हो ।

मनिष मास्के र खिमान्द गौतम (बुटवल), गोमा ज्ञवाली (मनिग्राम शाखा), कल्पना खत्री र प्रतिक्षा रेग्मी (कालीकानगर शाखा) र दिपक विष्ट (सिटिजन्स बैंक, मुद्दा शाखा)लाई पक्राउ गरिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रको बारेमा प्रहरीले अपरेसन चलाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?