अमेरिकाले लगायो चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप
सारांश
- काठमाडौं ।
- अमेरिकाले चीनमाथि आफ्ना सरकारी एजेन्सीहरु ह्याक गर्ने प्रयास गरेको आरोप लगाएको छ ।
- अमेरिकी न्याय विभागले चीनका दुई नागरिकहरुलाई उनीहरुले पश्चिमा देशहरुको सरकारी एजेन्सीहरुमाथि ह्याक गरेको आरोप लगाएको हो ।
काठमाडौं । अमेरिकाले चीनमाथि आफ्ना सरकारी एजेन्सीहरु ह्याक गर्ने प्रयास गरेको आरोप लगाएको छ । अमेरिकी न्याय विभागले चीनका दुई नागरिकहरुलाई उनीहरुले पश्चिमा देशहरुको सरकारी एजेन्सीहरुमाथि ह्याक गरेको आरोप लगाएको हो ।
अमेरिकी न्याय विभागले एजेन्सीहरु ह्याक गर्ने प्रयास गर्ने झु हुआ र झैंग शिलोंग रहेको बताएको छ । उनीहरु एडभान्स परसिसटेन्ट थ्रेट १० समूहका सदस्य हुन् । जुन समूह चीनको गुप्तचर निकायसँग जोडिएको छ ।
अमेरिकाका साथै अस्ट्रेलिया, क्यानडा, जापान, नेदरल्याण्ड, न्युजील्याण्ड, स्वीडेनले पनि चीनमाथि सरकारी एजेन्सी ह्याक गरेको आरोप लगाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया