माफी माग परराष्ट्रमन्त्री ज्ञवाली !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
माफी माग परराष्ट्रमन्त्री ज्ञवाली !

सारांश

  • दुई नंबर प्रदेशका मूख्यमन्त्री लालबाबु राउतको भाषणकोलागि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजिनामा गर्नु पर्दछ र प्रधानमन्त्रीले राष्ट्र समक्ष क्षमा माग्नु पर्दछ !
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आएका नेपालका सम्मानित अतिथि हुन्!
  • नेपाल भ्रमणका अवसरमा मोदीका भेटघाटका र सार्वजनिक उपस्थितिका कार्यक्रमहरू नेपाल सरकारको परराष्ट्र मन्त्रालयको प्रस्ताव र सहमतिमा तय भएको हुन्छ!

दुई नंबर प्रदेशका मूख्यमन्त्री लालबाबु राउतको भाषणकोलागि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजिनामा गर्नु पर्दछ र प्रधानमन्त्रीले राष्ट्र समक्ष क्षमा माग्नु पर्दछ !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आएका नेपालका सम्मानित अतिथि हुन्!
नेपाल भ्रमणका अवसरमा मोदीका भेटघाटका र सार्वजनिक उपस्थितिका कार्यक्रमहरू नेपाल सरकारको परराष्ट्र मन्त्रालयको प्रस्ताव र सहमतिमा तय भएको हुन्छ! हुनुपर्दछ!

त्यस्तो सार्वजनिक समारोहमा मन्चमा को को उपस्थित हुने? वक्ताहरू को को हुने र बक्ताहरूले के के बोल्ने त्यसबारे नेपाल सरकारको सहमति रहेको हुन्छ हुनुपर्दछ।

नेपाल सरकारले सहमति नगरेका विषयमा नेपालका सरकारी पाहुना सामू सार्वजनिकरूपमा प्रस्तुत गर्न पाइन्न!

यहाँसम्मकि त्यस्ता कार्यक्रममा अतिथि प्रधानमन्त्रीले लिखित भाषण पढ्दै छन् भने त्यस्तो भाषणको प्रति नेपाल सरकारलाई उपलव्ध गराइएको हुन्छ! हुनुपर्दछ!

भाषण अलिखित हुँदैछ भने त्यस भाषणले प्रवेश गर्ने विषयहरूबारे पनि दुई देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरूवीच त्यसबारे सैद्धान्तिक सहमति भएको हुनु पर्दछ।

दुई नंबर प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले भारतका प्रधानमन्त्रीको नागरिक अभिनन्दन समारोहमा जे बोले सर्वथा अनुचित, अमर्यादित र अनैतिक बोले!

उनी पनि त्यहाँ नेपाल सरकारका अङ्ग थिए! राज्यका प्रतिनिधि थिए।

आन्तरिक राजनीतिक फोरमहरूमा, सार्वजनिक समारोहहरूमा उनी आफ्ना कुरा राख्न सक्थे,तर कुनै औपचारिक समारोहमा नेपाल सरकारको नीति विपरित उनले बिदेशी मुलुकका प्रतिनिधि सामू बोल्न पाउन्नन्!

त्यसैले मूख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्रीको उपस्थितिमा जे बोले त्यसबारे नेपालका परराष्ट्र मन्त्री जानकार थिए भने पनि त्यसलाई उनले रोकेकै हुनु पर्दथ्यो!

उनी त्यसबारे जानकार थिएनन् भने त्यो उनको असक्षमता र राष्ट्रिय दायित्वप्रतिको अक्षम्य उपेक्षा हो! त्यसकारण उनी परराष्ट्रमन्त्रीको पदमा रहन योग्य छैनन् भनेर बुझ्नु पर्दछ!

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको परराष्ट्र मन्त्रालयको जिम्मेवारी नैतिकरूपमा लिनु पर्दछ!  त्यसमाथि लालबाबु राउत जुन दललाई प्रतिनिधित्व गर्दछन् त्यो दलको समर्थन प्रधानमन्त्री ओलीलाई प्राप्त छ! प्राविधिकरूपमा जे जस्तो भए पनि सिद्धान्ततस् राउतको दल संघीय संसदमा सरकारी दल हो! (ausoma.org)

राउतको भाषणका लागि प्रधानमन्त्री ओलीले राष्ट्र समक्ष क्षमायाचना गर्नु पर्दछ! राउतलाई उनको दलबाट कारवाही गराउन प्रधानमन्त्रीले पहल गर्नु पर्दछ!

मधेशको गुनासो होला तर मूलतः त्यो मनोवैज्ञानिक हो! कपोलकल्पित नारालाई मोदीको उपस्थितिमा अन्तर्राष्ट्रियकारण गर्ने सुनियोजित षड्यन्त्रपूर्ण रणनीति अन्तर्गत राउतले बोलेका हुन्!

यसलाई ओली उनको दल र माओवादी केन्द्रले हलुकारूपमालिनु हुन्न! हुँदै हुन्न !

(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराईको टिप्पणी उनको फेसबूक वालबाट)

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Paudel Laxman

    Galti garne dhoti mafi magne oli k ho yo

    Comment Author

    Binod Kc

    माफिमागे केगने नेतालाई लाजै छैन जेगरेनि हुने नेपाल हाे जन्ताले बुझन पयाे

    Comment Author

    Bhim Bahadur Tamang

    Good

    Comment Author

    Om Sunuwar

    यस्को लागी पहिला कस्लाइ कार्वाही गर्ने झुत्रे मुख्य मन्त्रीको मखुन्दो भिरेकोलाइ कि परराष्टमन्त्रीलाइ ?

    Comment Author

    Durga Adhikari

    Yo Rastrabadi govt. Le dhoti layo.

    Comment Author

    Gyanendra Kathayat

    होनि

    Comment Author

    Hari Adhikari

    Modi ra Indian ko vaneko hola kutta rahut. Mades tero bauko birta ho.hamra bir purkha le aarjeko sampati ho. Jatha vabi nabol tato goli khalas

    Comment Author

    Madhav Ghimire

    सिङ्गो देशलाई टुक्राटुक्रा पार्न तल्लीन नेताहरुलाई प्रदेश पनि यहि देशकै अंश हो , यसका पदाधिकारीले पनि आचारसंहिता पालन गर्नुपर्छ भन्ने हेक्का नभएकै हो त ! मनपरि तन्त्र लागू गर्न पाइन्दैन । गल्ती गर्ने सबैले कम्तीमा पनि जनता सामु क्षमा माग्नुपर्छ ।

    Comment Author

    Bidhya Shrestha

    Ya

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?