लोकतन्त्रलाई कम्युनिष्टले हरण गर्न सक्दैनन्
सारांश
- गोरखा, ६ मंसिर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कम्युनिष्टले लोकतन्त्र हरण गर्न नसक्ने भन्दै लोकतन्त्रवादी शक्ति आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
- लोकतान्त्रिक गठबन्धनबाट गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले चुनावी घरदैलोका क्रममा गोरखा सदरमुकामको ठूलो आँगनमा भएको कार्यक्रममा भन्नुभयो, “लोकतन्त्रलाई कसैले पनि हरण गर्न सक्दैन ।
- जनतालाई कसैले हराउन सक्दैन ।
गोरखा, ६ मंसिर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले कम्युनिष्टले लोकतन्त्र हरण गर्न नसक्ने भन्दै लोकतन्त्रवादी शक्ति आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले चुनावी घरदैलोका क्रममा गोरखा सदरमुकामको ठूलो आँगनमा भएको कार्यक्रममा भन्नुभयो, “लोकतन्त्रलाई कसैले पनि हरण गर्न सक्दैन । जनतालाई कसैले हराउन सक्दैन । जनतालाई हराउनु भनेको लोकतन्त्र समाप्त गर्नु हो । लोकतन्त्रलाई हराउनु भनेको जनतालाई समाप्त गर्नु हो ।”
प्रजातन्त्रलाई बचाउनु काँग्रेसको जिम्मेवारी भएको भन्दै श्रेष्ठले सहमति र सहकार्यका आधारमा लोकतन्त्र बचाउँदै देशलाई विकसित बनाउन आफूहरु लागिपरेको बताउनुभयो ।
काँग्रेसले यसअघि कोही कसैसँग गठबन्धन नगरेको बताउँदै श्रेष्ठले प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतन्त्र बचाउन अरु दलसँग गठबन्धन गरिएको भन्दै कम्युनिष्टले लोकतान्त्रिक संविधान फालेर साम्यवाद र कम्युनिष्ट शासन ल्याउने चेष्टा गरेको आरोप लगाउनुभयो ।
श्रेष्ठले बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआब्जा दिने कार्य अघि बढेको भन्दै बेनिघाटदेखि आरुघाट हुँदै चीनको तिब्बत जोड्ने सडक ट्र्याक खन्ने कार्य नेपाली काँग्रेसकै सरकारले शुरु गरेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया