माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
माेदीकाे नेपाल भ्रमणले राष्ट्रिय जनता पार्टी किन यति धेरै खुशि ?

सारांश

  • काठमाडौं, १२ वैशाख ।
  • राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन् ।
  • बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हुने भनिएको नेपाल भ्रमणबारे आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन्।

काठमाडौं, १२ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हुने भनिएको नेपाल भ्रमणबारे आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन्।’

मोदीलाई जनकपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिने उनको विश्वास छ । उनले भने,‘हो, उहाँलाई भव्य रुपमा अभिनन्दन हुन्छ, र हुनुपनि पर्छ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध नेपाल वा भारतका प्रधानमन्त्रीले नबनाएको बताउँदै उनले थपे,‘यो ऐतिहाँसिक सम्बन्ध हो, परापुर्वकालदेखि नै सम्बन्ध स्थापित् भएको हो, आदिकालदेखि नै स्थापना भएको सम्बन्ध सुमधुर छ।’

मोदीको नेपाल भ्रमणको क्रममा औपचारिक तथा अनौपचारिक कुराहरु हुनेपनि उनले जनाए । उनले भने,‘नेपालले आफ्नो देशको हितलाई र भारतलेपनि आफ्नो देशलाई हितमा राखेर कुराकानीहरु हुन्छन्, उहाँको भ्रमणताका राम्रा कुरा हुनुपर्छ।’

मोदीलाई जनकपुरमा २ लाख मानिसहरुको उपस्थितिमा अभिनन्दन गर्ने भनिएको छ नि भनेर सोधिएको एक प्रश्नमा झाले भने,‘२ लाखभन्दा बढिपनि हुन्छ नि, अलिकति कमपनि हुनसक्छ, तर उहाँको सम्मान भव्य रुपमा हुन्छ।’

मोदीको नेपाल भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको उनले जनाए । झाले भने,‘उहाँ यसपाली जनकपुर र मुक्तिनाथ जाँदैहुनुहुन्छ, तराईदेखि हिमालसम्म उहाँ जाँदैहुन्छ, राजनीतिकसँगै उहाँको यसपटक धार्मिक–साँस्कृतिक भ्रमण हुन्छ।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Pokharel Raj

    बाउ आउने भएपछि छोराछोरी खुशी भैहाल्छन नि

    Comment Author

    Ram Rai

    माेदीकाे तलुवा चाट्न पल्केकालाई मिठाे हुन्छ भनेर हाेला।

    Comment Author

    Manish Darlami

    बिहारी हरुको बाउ आउने भयपछी बिहारी का बच्चा हरु खुशी भैहाल्छनि

    Comment Author

    Narayan Kandel

    Modi ka dhoti ka jumra vayara

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?