रेशम चौधरीलाई वीर अस्पतालको विशिष्ट कक्ष

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
रेशम चौधरीलाई वीर अस्पतालको विशिष्ट कक्ष

सारांश

  • काठमाडौं, २७ फागुन- स्वास्थ्यमा समस्या रेश चौधरीलाई काठमाडौं ल्याइएको छ ।
  • जेलमा रहेका चौधरीलाई काठमाडौंको वीर अस्पतालको विशिष्ट कक्षमा उपचार भैरहेको छ ।
  • कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई हिजो शनिवार दिउसो हवाईजहा मार्फत केन्द्रीय कारागार काठमाडौं पठाइएको जानकारी दिए ।

काठमाडौं, २७ फागुन- स्वास्थ्यमा समस्या रेश चौधरीलाई काठमाडौं ल्याइएको छ । जेलमा रहेका चौधरीलाई काठमाडौंको वीर अस्पतालको विशिष्ट कक्षमा उपचार भैरहेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई हिजो शनिवार दिउसो हवाईजहा मार्फत केन्द्रीय कारागार काठमाडौं पठाइएको जानकारी दिए ।

केही दिनदेखि अनुसनमा बसेका चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीले काठमाडौँ सिफारिस गरेपछि वीर अस्पताल पठाइएको हो ।
कैलाली कारागारमा रेशमसहित टीकापुर घटनामा संलग्न रहेका २४ जना अभियुक्त अनशनमा बसेका थिए ।

चौधरी कैलाली निर्वाचन क्षेत्र नं १मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीसहित टीकापुर घटनाका अभियुक्त २४ जनाले निर्वाचित सांसद चौधरीलाई विजयीको प्रमाणपत्र उपलब्ध गराई शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, थरुहटको मागलाई सम्बोधन गर्नु पर्नेलगायतका माग राखेर कैलाली कारागारमा अनशन थालेका थिए ।

यसअघि सर्वोच्च अदालतबाट रिटमार्फत आदेश ल्याउँदै विजयी प्रमाणपत्र लिएर सपथमा उपस्थित हुने कोसिस असफल भएपछि चौधरीले जिल्ला अदालत कैलालीमा फागुन १४ गते आत्मसमर्पण गरेका थिए।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    ParsuRam Sapkota

    k ko hospital ho r….?
    sida goli thoknu na aaslai ….

    Comment Author

    संघर्ष शेर्पा गोले

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?