मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
सारांश
- काठमाडौं।
- प्रतिनिधिसभा बैठकबाट मिटरब्याजसँग सम्बन्धित विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०) पारित भएको छ ।
- प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
काठमाडौं। प्रतिनिधिसभा बैठकबाट मिटरब्याजसँग सम्बन्धित विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०) पारित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्”, भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १० गते दिउँसो १ बजे बस्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया