यी ४० नेता किन लागे ओली र प्रचण्ड विरुद्ध ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
यी ४० नेता किन लागे ओली र प्रचण्ड विरुद्ध ?

सारांश

  • सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए ।
  • नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले सामूहिक रूपमा लिखित ध्यानाकर्षण गराएका थिए।
  • त्यसयता एकपटक स्थायी समिति बैठक बसे पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन।

सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए । नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले सामूहिक रूपमा लिखित ध्यानाकर्षण गराएका थिए। त्यसयता एकपटक स्थायी समिति बैठक बसे पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन। पोलिटब्युरो गठन हुन सकेको छैन। नेताहरूको क्षमताअनुसारको जिम्मेवारी विवाद अझै जारी छ । केन्द्रीय नेताहरूको कार्य्विभाजन दोहोरो जिम्मेवारी दिने–नदिने विवादमा अल्झिएको छ। एकता प्रक्रियाको गोलचक्करमै नेताहरूले एक वर्ष बिताएका छन् । अन्तरपार्टी जनवाद कमजोर बनाइएको, पार्टी्भित्र छलफलको वातावरण नबनाइएको र निकै भद्दा वा ठूलो बनाइएको केन्द्रीय समितिको बैठक बोलाइहाले पनि नेताहरूको भाषण सुनाएर समापन गर्ने गरिएको ती नेताहरूले नेतृत्वसँग असन्तुष्टि पोखेका थिए ।

उनीहरूले पार्टी बैठक नियमित र जीवन्त बनाउन पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएको सात महिना पुगेको छ। तर त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन। ‘एकपटक महासचिवमार्फत पार्टी अध्यक्षलाई बैठक नबसेको विषयमा ध्यानाकर्षण गरायौं, तर पनि बैठक बस्न सकेको छैन। लाजैमर्दो अवस्था छ,’ ज्ञापनपत्र बुझाउनेमध्येका नेता डा. विजय पौडेलले भने, ‘कार्य्िवभाजन टुंगिएला र बैठक बस्ला भन्ने आस थियो तर फेरि अल्झिएको छ। कति बोल्नु ? अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केपछि छिटो बैठक बोलानुभएन भने फेरि घच्घच्याउनुपर्ला।’ अभियानमा पौडेल मात्र छैनन्, उनीसँगै केन्द्रीय नेताहरू जगन्नाथ खतिवडा, ठाकुर गैरे, शत्रुधन महतो, ममता गिरी, जयन्ती राई, गरिमा शाह, निरज आचार्य, भाष्कर काफ्ले, प्रेमलकुमार खनाल, माधव अर्याल, पशुपति चौलागाईं, मेटमणि चौधरी, रबिन कोइराला, विरोध खतिवडा लगायत छन् ।

उनीहरूको अभियानमा सुरुमा २१ जना जोडिए पनि अहिलेसम्म झन्डै ४० भन्दा बढी नेताहरू गोलबद्ध भइसकेको अर्का नेता जगन्नाथ खतिवडाले बताए। त्यसपछि पनि नेतृत्वको स्वेच्छाचारी र मनोमानी कार्यशैलीगत समस्याबारे उनीहरूले विभिन्न चरणमा छलफल गरिसकेका छन्। ‘अझै छलफल जारी राख्दै अगाडि जाँदैछौं,’ नेता खतिवडाले भने।

पार्टी, सरकार र संसदीय दल सञ्चालन, सुशासन, सादा जीवनशैली, आचरण र वैचारिक दिशाबोधका विषयमा केन्द्रित रहेर त्यसबेला उनीहरूले महासचिवमार्फत अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए। नेतृत्वले पार्टी्िभत्र गम्भीर विषय उठ्दा महसुस गरेको अभिनय गर्ने, तत्कालका लागि असन्तुष्टि र आवेग शान्त बनाउन ‘कमजोरी भएको र अब नगर्ने’ मौखिक बाचा गर्ने, समस्यालाई अल्पकालीन रूपमा पन्छाउने तर व्यवहारमा मिचाहा शैलीलाई पुनरावृत्ति दिने काम गरिरहेको यो समूहको आरोप छ।

उनीहरू मात्रै होइन, पार्टी नेतृत्वले केन्द्रीय नेतालाई समेत वर्ष दिनसम्म कामको जिम्मेवारी नदिई बेरोजगार बनाएपछि प्रभावशाली नेताहरू आफ्नै अभियानमा सक्रिय हुन थालेका छन्। पार्टी्िभत्रका मात्र होइन, पार्टीइतरका कम्युनिस्ट घटकलाई पनि एकै थलोमा ल्याएर मार्क्सवादका विषयमा बहस–प्रशिक्षण चलाउने उद्देश्यले घनश्याम भुसाल, राम कार्कीलगायत नेताहरूको अगुवाइमा अर्काे अभियान पनि चलिरहेको छ । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई
उत्तर कोरियाले एकाबिहानै तर्सायो जापानलाई
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
कुमार नगरकाेटीलाई कैदी बन्दीकाे प्रश्न :मीरालाई अहिले पनि प्रेम गर्नुहुन्छ ?
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति
सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृति
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
एनफिल्डमा गोलको वर्षा, पेनाल्टीमा लिभरपुलले मार्‍यो बाजी
एनफिल्डमा गोलको वर्षा, पेनाल्टीमा लिभरपुलले मार्‍यो बाजी
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु
आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस
आज फेब्रुअरी १४, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला
Raging Bull Casino 200% up to $ Online Gambling for Real Mone
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह

तपाईंले छुटाउनुभयो कि?