मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १२, २०७७
|
|
२५ पटक हेरिएको
Shares
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै

सारांश

  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
  • आपूmविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोपमा मुख्यमन्त्री राईले शनिबार साँझ आङ्बोलाई पदमुक्त गरेका हुन् ।
  • नेपालको संविधानको धारा १६९ को ९२० ९ख० बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । आपूmविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाइ गरेको आरोपमा मुख्यमन्त्री राईले शनिबार साँझ आङ्बोलाई पदमुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६९ को ९२० ९ख० बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए । आङ्बो साविक माओवादी नेता हुन् भने अहिले दाहाल–नेपाल समूहमा रहेका छन् ।

मुख्यमन्त्री राई केपी शर्मा ओली समूहमा छन् । नेकपा विभाजन भएसँगै समूह नमिलेपछि आङ्बोलाई राईले पदमुक्त गरेका हुन् । ‘एक दिन पर्खिएको भए म आफैं राजीनामा दिने तयारीमा थिएँ,’ आङ्बोले भने, ‘जे भयो, ठीकै भयो । अब अविश्वासको प्रस्तावमा प्रस्तावक समर्थक बन्न पाउने भएँ ।’ उनले मुख्यमन्त्री राईविरुद्ध आइतबार नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको जानकारी दिए ।

आज (आइतबार) नै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताइएको छ । पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको नेकपा दाहाल– नेपाल समूहका स्थायी समिति सदस्य तथा प्रदेश १ का सांसद भीम आचार्यले जानकारी दिए । आचार्यलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता हुने बुझिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि प्रदेश १ मा प्रचण्ड–नेपाल निकट सबै मन्त्रीले आइतबार नै राजीनामा दिने तयारी गरेका छन् ।

एक नम्बर प्रदेशसभामा ९३ सदस्य छन्, त्यसमा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र दाहाल–नेपाल समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सदस्य छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?