जंगली जनावर धपाउन किसानको खेतमै बास

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
२९ पटक हेरिएको
Shares
जंगली जनावर धपाउन किसानको खेतमै बास

सारांश

  • शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् ।
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।
  • “जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले बने, “जनावर भगाउनमै अनिदोमै रात बित्ने गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।

“जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ”, स्थानीय आशाराम चौधरीले बने, “जनावर भगाउनमै अनिदोमै रात बित्ने गरेको छ ।” आँखा लाग्नेबित्तिकै जनावर खेतमा छिरेर एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले सुत्न नपाएको बताए ।

“पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको छ”, अर्का किसान नारायणसिंह महरा भन्छन्, “थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले खेतमै रातभर बस्नुपरेको छ ।” जङ्गली जनावरकै कारण यस क्षेत्रका किसानले वर्षेनी खेतमा लगाएको पूरै बाली भित्र्याउन पाएका छैनन् । वर्षातका बेला चित्तल र बदेलले धानबाली खाएर हैरान पार्ने गरेका छन् भने हिउँदमा नीलगाईलगायतका जनावरले गहुँबाली खाएर किसानलाई मर्कामा पार्ने गरेका छन् ।

“जनावरका कारण रातभर सुत्न त पाउँदैनौँ”, स्थानीय रामबहादुर ऐरले भने, “खेतमै डेरा हालेर दुई सातादेखि बस्दै आए पनि पूरै धानबाली जोगाउन पाएका छैँनौँ ।” बस्तीको माथिल्लो र तल्लो भेगमा जङ्गली जनावर रोक्नका लागि ‘फेन्सिङ’ गरिएको भए पनि यस क्षेत्रको दुई किलोमिटरको क्षेत्रमा जङ्गली जनावर रोकथामका लागि कुनै उपाय गरिएको छैन । निकुञ्जको विस्तारित क्षेत्रबाट यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई दुई दशकअघि पुनः स्थापन गरिएको थियो ।

हात्तीले उखु र धानबाली नोक्सान
शुक्लाफाँटा नगरपालिका–१२ का ३० परिवारले लगाएको उखु र धानबालीमा जङ्गली हात्तीको बथानले नोक्सानी पु¥याएको छ । लगातार चार दिनदेखि हात्तीको बथान खेतमा छिरेर बालीमा नोक्सानी पु¥याउँदै आएको छ । साँझ नपर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथान भगाउनका लागि स्थानीय बासिन्दा रातिका बेला पालैपालो जाग्रामसमेत बस्दै आएका छन् ।

केही दिनअघि मात्रै हात्तीको आक्रमणबाट चन्द्रबहादुर चौधरीको गोठमा बाँधेको गोरुसमेत मरेको स्थानीय मङ्गल चौधरीले बताए । पटाका पडकाएर, साइरन बजाएर र थाली बजाएर हात्ती भगाउने गरिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
चालु आर्थिक वर्षमै लाखौं युवालाई रोजगारीको अवसर : मन्त्री विष्ट
चालु आर्थिक वर्षमै लाखौं युवालाई रोजगारीको अवसर : मन्त्री विष्ट
जेठ १४ गतेको राशीफल, कुन राशीलाई राम्रो र कुन राशीलाई खराब दिन छ ?
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
बैशाख २३ गते मंगलबारको राशिफल यस्तो छ
बैशाख २३ गते मंगलबारको राशिफल यस्तो छ
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
भारत भन्दा पाकिस्तानसँग धेरै परमाणु बम
भारत भन्दा पाकिस्तानसँग धेरै परमाणु बम
प्रधानमन्त्री ओली कठोर निर्णय लिदै
प्रधानमन्त्री ओली कठोर निर्णय लिदै

तपाईंले छुटाउनुभयो कि?