सिडियोले तोडाए कृषकको अनशन
सारांश
- माधब बेल्वासे , कपिलवस्तु चन्द्रौटा,२ भदाै ।
- कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले अनशनरत उखु कृषकलाई अनशन तोडाएका छन ।
- सरकारले दिने अनुदान नपाए पछि कपिलवस्तुका उखु कृषकहरु विगत ३ दिन देखी ईलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन बसेका थिए ।
माधब बेल्वासे , कपिलवस्तु चन्द्रौटा,२ भदाै । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले अनशनरत उखु कृषकलाई अनशन तोडाएका छन । सरकारले दिने अनुदान नपाए पछि कपिलवस्तुका उखु कृषकहरु विगत ३ दिन देखी ईलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन बसेका थिए । आव ०७१/७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले अनुदान दिने भनेपनी अहिलेसम्म नपाउदा किसानहरु आन्दोलित भएका हुन ।
कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन् । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले वताए । कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण प्रकृयाहरु पुरा गर्दा सम्म पनि रकम पाउन नसकेको चौधरीले सिडियो समक्ष गुनासो पाखे ।पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको भनाई छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा यस्तो भएको हो ।
शुक्रवार प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले कृषकहलाई भेटी छिटै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।पोख्रेलले यस विषयमा गम्भीर भएकोे भन्दै कृषि मन्त्री लगाएतलाई भेटी कृषकले पाउनुपर्ने अनुदानको रकम दिलाउने विश्वास व्यक्त गरे ।अर्थ मन्त्रालय र कृषि मन्त्रालयलाई पत्र पठाइसकेको वताउदै आफुलाई विश्वास गरी आन्दोलन स्थगित गरेर काममा जाने निर्णय गरेकोमा धन्यवाद दिए ।प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल,कपिलवस्तु क्षेत्र न ३ सांसद अभिषेक प्रताप शाह, पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्य,युवा नेता अजय थापा लगाएतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया