मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?

सारांश

  • अस्बिन खड्का, २५ वैशाख ।
  •   प्रदेश नं १ को प्रदेशसभा बैठकले मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा तोकेको छ ।
  • बैठकमा सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरी सेवा–सुविधा तोकेको हो ।

अस्बिन खड्का, २५ वैशाख ।  प्रदेश नं १ को प्रदेशसभा बैठकले मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा तोकेको छ ।

बैठकमा सेवासुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरी सेवा–सुविधा तोकेको हो ।
जसअनुसार मुख्यमन्त्रीको तलब ६० हजार नौ सय ७० रुपैयाँ छ ,मुख्यमन्त्रीले यो तलब बाहेक सञ्चार सुविधावापत ३ हजार, २ सय ५० लिटर इन्धन, दुई वटा गाडी, बिलअनुसार धारा र बिजुली खर्च पाउनेछन् ।त्यस्तै दैनिक भ्रमण भत्ता ३ हजार र वैदेशिक भ्रमणको भत्ता २ सय २५ अमेरिकी डलर पाउनेछन् । साथै मुख्यमन्त्रीले आवासको सुविधा पनि पाउनेछन् ।

मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४९ हजार र सहायक मन्त्रीले ४७ हजार तलब पाउनेछन् । भने प्रदेश मन्त्रीहरु ले एउटा गाडी, सञ्चार खर्च २ हजार ५ सय, धारा बिजुली खर्च २ हजार ५ सय पाउनेछन् ।मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीले आवासको सुविधा पनि पाउनेछन् । आवासको सुविधा नपाएको खण्डमा मन्त्रीले २५ हजार र राज्यमन्त्री र सहायक मन्त्रीले २० हजार मासिक उपलब्ध गराइनेछ । प्रदेशसभाका सभामुखको मासिक ५३ हजार र उपसभामुखको ५० हजार तलब तोकिएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेताले ५० हजार ,प्रमुख सचेतकहरु ले ४९ हजार, सचेतकले ४७ हजार र सांसदले ४५ हजार तलब पाउने व्यवस्था गरिएको छ ।यस्तै जिल्ला समन्वय समितिका प्रमुखले भत्ता वापतको रकम पाउने व्यवस्था गरिएको छ ।उनहिरुले विभिन्न शिर्षकबाट रकम उपलब्ध गराइने भएको छ ।

उनिहरु ले बैठक भत्ता बापतको प्रति बैठक ३ हजार, टेलिफोन मासिक ३ हजार, खाजा खर्च मासिक ४ हजार, पत्रपत्रिका खर्च मासिक ३ हजार, अनुगमन भत्ता १२ हजार मासिक रुपले पाउनेछन् ।

यस्तै बिजुली २ हजार, सरसफाइ ३ हजार, अतिथी सत्कार ३ हजार, स्वदेश भ्रमण भत्ता प्रतिदिन २ हजार र विदेश भ्रमण भत्ता प्रतिदिन १ सय २५ अमेरिकी डलर उपलब्ध हुनेछ ।

यसका साथै सवारी साधन उपलब्ध गराइनेछ । उपप्रमुखलाई विभिन्न शिर्षकमा मासिक २० हजार भत्ता उपलब्ध गराइने भएको छ । यसबाहेक बैठक भत्ता प्रति बैठक २ हजार र भ्रमणभत्ता पाउनेछन्।

सवारी साधन उपलब्ध नभए मासिक ६ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । सदस्यहरुले मासिक १२ हजार भत्ता पाउनेछन् । यस्तै जिल्ला सभाका सदस्यले १ हजार ५ सय बैठक भत्तावापत पाउनेछन्।

महानगरपालिकाका प्रमुखले गाडी सहित ३३ हजार भत्ता पाउनेछन् । प्रत्येक बैठक भत्तावापत ३ हजार र स्वदेशमा गरिने भ्रमण भत्ताबापत २ हजार र विदेश भ्रमणमा रहेका बेल प्रतिदिन १ सय २५ अमेरिकी डलर पाउनेछन् ।

यस्तै उपप्रमुखले सवारी साधानसहित २७ हजार ५ सय र प्रत्येक बैठक भत्तावापत २ हजार ५ सय पाउनेछन् । महानगरमा वडाध्क्षयले मासि १९ हजार भत्ता पाउनेछन् ।

कार्यपालिका सदस्यले ८ हजार ५ सय र वडा सदस्यले ५ हजार ५ सय मासिक भत्ता पाउनेछन् । यो भत्ता बाहेक वडाध्यक्ष र कार्यपालिका सदस्यले २ हजार २ सय र २ हजार बैठक भत्ता पाउनेछन् । उनिहरुले स्वदेश भ्रमण भत्तावापत १ हजार ६ सय पाउने व्यवस्था बनेको छ ।यस्तै उपमहानगरपालिकाको प्रमुखले २९ हजार उपप्रमुखले २५ हजार वडाध्यक्षले १६ हजार, कार्यपालिका सदस्यले ५ हजार ५ सय र वडा सदस्यले ५ हजार मासिक भत्ता पाउनेछन् ।

यसबाहेक उपमहानगरपालिकाका प्रमुखले २ हजार ५ सय, उपप्रमुखले २ हजार २ सय, वडाध्यक्ष र कार्यपालिका सदस्यले २ हजार र वडा सदस्यले प्रत्येक बैठकको एक हजार भत्ता पाउनेछन् । प्रमुख र उपप्रमुखले गाडी सुविधा पाउनेछन् ।

यस्तै नगरपालिकाका प्रमुखले २३ हजार उपप्रमुखले २० हजार, वडाध्यक्षले १२ हजार, कार्यपालिका सदस्यले ४ हजार ५ सय, र वडा सदस्यले ३ हजार ५ सय नियमित रुपमा मासिक भत्ता पाउनेछन् ।

नगरपालिकाका प्रमुखले २ हजार ५ सय, उपप्रमुखले २ हजार २ सय, वडाध्यक्ष र कार्यपालिका सदस्यले २ हजार र वडा सदस्यले प्रत्येक बैठक भत्ता १ हजार पाउनेछन् ।

प्रमुख र उपप्रमुखलाई सवारी साधन उपलब्ध हुने नभएको खण्डमा प्रमुखलाई ८ हजार र उपप्रमुखलाई ६ हजार मासि उपलब्ध हुने भएको छ ।

नगरपालिकाका प्रमुख र उपप्रमुखले स्वदेश भ्रमणवापत दैनिक १ हजार ८ सय र वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यले दैनिक १ हजार २ सय पाउने व्यवस्था छ ।

यस्तै गाउँपालिका अध्यक्षले २२ हजार, उपाध्यक्षले १७ हजार ५ सय, वडाध्यक्षले ८ हजार, कार्यपालिका सदस्य र वडा सदस्यले २ हजार ५ सय मासिक मत्ता पाउनेछन् ।

अध्यक्षले २ हजार ५ सय, उपाध्यक्षले २ हजार २ सय, वडाध्यक्ष र कार्यपालिका सदस्यले २ हजार र वडा सदस्यले १ हजार बैठक भत्ता पाउने व्यवस्था गरिएको छ । अध्यक्ष र उपाध्यक्षले सवारी साधन पाउने व्यवस्था छ । नपाएको खण्डमा अध्यक्षले ७ हजार र उपाध्यक्षले ५ हजार मासिक भत्ता पाउने भएका छन् ।

स्वदेश भ्रमण भत्तावापत अध्यक्ष र उपाध्यक्षले प्रतिदिन १ हजार ६ सय, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यले प्रतिदिन १ हजार २ सय रुपैयाँ पाउने विधेयकमा उल्लेख छ ।
यस्तै विदेश भ्रमणवापत प्रतिदिन अध्यक्ष, उपाध्यक्षले ८० डलर, र वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यले ७५ डलर पाउने व्यवस्था गरियको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के हो विपश्यना ?
के हो विपश्यना ?
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
१८ देशका लागि राजदूत नियुक्त, भारतमा शंकर शर्माकै निरन्तरता
भदौ १ गते आइतबारको राशिफल यस्तो छ
एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा
एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?
किन डाउन गरियो राष्ट्रपति कार्यालय अगाडि क्यामेरा ?
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
बिदा प्रणाली सुधार गर्दै सरकार: दुईदिने साप्ताहिक बितापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण
उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

तपाईंले छुटाउनुभयो कि?