निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७३
|
|
२४४ पटक हेरिएको
Shares
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक

सारांश

  • निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइपूर्वक पालना गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् ।
  • आयोगले बुधबार सबै मन्त्रीलाई बोलाएर उदघाटन, शिल्यान्यास तथा कुनै पनि उम्मेदवारको प्रचार प्रसार कार्यक्रममा सहभागी नहुन भनेको छ ।
  • अति आवश्यक कार्यक्रमहरुमा मात्र आयोगको सहमति लिएर जान मन्त्रीहरुलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइपूर्वक पालना गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

आयोगले बुधबार सबै मन्त्रीलाई बोलाएर उदघाटन, शिल्यान्यास तथा कुनै पनि उम्मेदवारको प्रचार प्रसार कार्यक्रममा सहभागी नहुन भनेको छ । अति आवश्यक कार्यक्रमहरुमा मात्र आयोगको सहमति लिएर जान मन्त्रीहरुलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘आदरणीय मन्त्री ज्यूहरु जिल्लाको सदरमुकामसम्म ल्याण्ड गर्नुस् । सदरमुकाम बाहिर धेरै नगरपालिका, गाउँपालिका छन्, त्यसमा जान पाउनु हुन्न ।’

वैशाख ३१ को स्थानीय चुनावलाई लक्षित गरेर आयोगले बुधबारदेखि आचारसंहिता लागू गरेको छ ।

आयोगले पुनर्निर्माणको कामलाई प्रभावित नगर्ने बताए । तर, पुनर्निर्माणका नाममा कुनै पार्टी विशेषको र राजनीतिक उद्देश्यले मन्त्रीहरु जान नपनाइने प्रमुख आयुक्त यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?