एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा

सारांश

  • नेपाल प्रहरीले एक हजारको संख्यामा चिनियाँ नागरिक संगठित अपराधमा सक्रिय रहेको पत्ता लगाएर अपरेशन चलाएको छ ।
  • यस क्रममा सोमबार दिन र रात गरी सयौंको संख्यामा आपराधिक गिरोहका सदस्य पक्राउ परेका छन् ।
  • छ महिना लामो अनुसन्धानपछि उक्त संख्यामा आपराधिक क्रियाकलापमा लागेका चिनियाँ नागरिकको सूची तयार भई पक्राउ शुरु गरिएको हो ।

नेपाल प्रहरीले एक हजारको संख्यामा चिनियाँ नागरिक संगठित अपराधमा सक्रिय रहेको पत्ता लगाएर अपरेशन चलाएको छ । यस क्रममा सोमबार दिन र रात गरी सयौंको संख्यामा आपराधिक गिरोहका सदस्य पक्राउ परेका छन् । छ महिना लामो अनुसन्धानपछि उक्त संख्यामा आपराधिक क्रियाकलापमा लागेका चिनियाँ नागरिकको सूची तयार भई पक्राउ शुरु गरिएको हो ।

संगठित अपराधमा लागेकाहरुको सूची तयार भएपछि प्रहरीले सोमबार एकैपटक राजधानीको विभिन्न स्थानबाट छापा मारेको हो । दर्जनौं ठाउँमा एकैपटक छापा मार्दा सयौंको संख्यामा चिनियाँ नागरिक पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको विवरण भने गोप्य राखिएको छ ।

राजधानीको बालाजुमा चिनियाँ आपराधिक गिरोहको सञ्जाल पक्राउ गर्ने क्रममा खटिएका प्रहरी
चिनियाँ नागरिक वित्तीय अपराधमा बढी सक्रिय पाइएका छन् । बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा झिक्ने, ठगी, लागूऔषध कारोबार, वन्यजन्तुको सामाग्री ओसारपसार, विदेशी मुद्राको तस्करी देखि यौन व्यापारमा समेत संलग्न पाइएका छन् । उनीहरुको ठूलो समूहबारे जानकारी पाएपछि नेपाल प्रहरीले चिनियाँ पक्षसँग समन्वय गरी पक्राउ गरेको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको केही हप्ता अघि केही चिनियाँहरु बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्ने गतिविधिमा पक्राउ परेपछि चिनियाँ पक्ष गम्भीर भएको थियो । चीनको प्रतिष्ठामाथि आँच पुग्ने कार्य नेपालमा चिनियाँ नागरिकबाट भएको भन्दै चिनियाँ राजदूतावासले समेत चासो लिएको थियो । त्यसपछि विवरणसहित अनुसन्धान अगाडि बढाउँदा ठूलो संख्यामा चिनियाँहरु आपराधिक गतिविधिमा सक्रिय रहेको पाइएका थिए ।

पक्राउ परेका चिनियाँलाई चीन सरकारले आफ्नै देशमा लगेर कारबाही चलाउन खोजेको छ । सुपुर्दुगी सन्धीलगायतको विषय उठ्ने भएकाले अनौपचारिक तरिकाले हस्तान्तरण गरी चीन पठाइने भएको छ । चिनियाँ नागरिकलाई चीन लान चाटर्ड विमान ल्याइने बुझिएको छ ।

प्रहरीले सोमबार रातभर चिनियाँ संगठित अपराधिक समूह पक्राउमा सक्रियता देखाएको छ । यस क्रममा सयौं पक्राउ परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलितालमा  पौडी खेल्ने क्रममा बगाई बेपत्ता
आलितालमा पौडी खेल्ने क्रममा बगाई बेपत्ता
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
प्रहरी हिरासतमै मृत्यु प्रकरण : जाहेरी लिन मान्दैन प्रहरी, आन्दोलनको चेतावनी
मधेशी गठबन्धनसँग भएको सहमति उपलब्धिमूलक
मधेशी गठबन्धनसँग भएको सहमति उपलब्धिमूलक
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा  !
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा दुई ‘भक्त’को चर्चा !
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
देउवासँग तर्क गर्नु भनेको कर्कला काट्न बन्चरो प्रयोग गर्नु जस्तै हो : केपी ओली
बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’
बडादशैमा सिटी सेन्टरको ‘दशै बोनान्जा’

तपाईंले छुटाउनुभयो कि?