यज्ञनिधि दाहालको शव श्रद्धाञ्जलीका लागि राखिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
यज्ञनिधि दाहालको शव श्रद्धाञ्जलीका लागि राखिने

सारांश

  • काठमाडौँ, २६ साउन ।
  • साहित्यकार एवं लोकप्रिय कार्यक्रम प्रसारक दाहाल यज्ञनिधि दाहालको शव श्रद्धाञ्जलीका लागि आज मण्डिखाटार राखिने भएको छ ।
  • दाहालको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।

काठमाडौँ, २६ साउन । साहित्यकार एवं लोकप्रिय कार्यक्रम प्रसारक दाहाल यज्ञनिधि दाहालको शव श्रद्धाञ्जलीका लागि आज मण्डिखाटार राखिने भएको छ । दाहालको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आएका दाहालको मस्तिष्कघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको थियो ।
दिवंगत दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान मण्डिखाटारस्थित उहाँको निवास (सुधाको डिही)मा राखिने छ । भतिजाहरु विदेशबाट आएपछि उहाँको पार्थिव शरीर अस्पताललाई दान गर्ने वा अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ ।

क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाएको भन्दै विभिन्न संघसंस्थाले श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले दाहालले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टालाई सङ्गठित गर्दै सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताए । दाहाल प्रजातान्त्रिक विचारधाराका भए पनि विद्रोही र प्रगतिशील स्वभावका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?