मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?

सारांश

  • केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एक जना शक्तिशाली मन्त्री यतिवेला स्वईच्छाले पदबाट हट्ने भन्दै अध्यक्षकहाँ धाईरहेका छन् ।
  • उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव पछिल्लो समय जिम्मेवारीमा धेरै बस्ने ईच्छा नभएको भन्दै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हट्नुहोस भनेको एक सेकेण्डमै राजीनामा दिने मनशायमा पुगेका छन् ।
  • बजार महँगी अनियन्त्रित तवरले अघि बढेको र आफूले चाहाँदा चाहँदैपनि नियन्त्रण गर्न नसकेकोमा उनी रुष्ट छन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एक जना शक्तिशाली मन्त्री यतिवेला स्वईच्छाले पदबाट हट्ने भन्दै अध्यक्षकहाँ धाईरहेका छन् । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव पछिल्लो समय जिम्मेवारीमा धेरै बस्ने ईच्छा नभएको भन्दै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हट्नुहोस भनेको एक सेकेण्डमै राजीनामा दिने मनशायमा पुगेका छन् ।

बजार महँगी अनियन्त्रित तवरले अघि बढेको र आफूले चाहाँदा चाहँदैपनि नियन्त्रण गर्न नसकेकोमा उनी रुष्ट छन् । उखु किसानहरुपनि ठूलो मारमा परेको उनको बुझाई छ । किसानको हकहितको लागि लड्दै आएका मन्त्री यादवले पनि किसानहरुलाई समयमे भुक्तानी दिलाउन नसकेको र समयमै उखु मिल चलाउन नसकेको आरोप खेप्दै आएका छन् ।

त्यतिमात्रै होईन, चिनीको आयातमा पनि उनले ठूलै घोटालाको ट्याग भिर्नुपर्यो । एकपछि अर्कोगरि विवादमा मुछिएका यादव अब धेरै जिम्मेवारीमा बस्न चाहँदैनन् । त्यही भएर उनले आजभोलि अध्यक्षद्धय ओली र प्रचण्डलाई तपाईहरुको आदेश तुरुन्तै छोड्छु भनेर विश्वास दिलाएका छन् ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका प्रमुख सचेतक भट्टराई लाई जापान प्रवेशमा राेक
नेकपाका प्रमुख सचेतक भट्टराई लाई जापान प्रवेशमा राेक
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए
भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते
भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते
Karnali Province CM announces province development as tourist destination
Karnali Province CM announces province development as tourist destination
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
कुनैपनि बहानामा ओली प्रवृत्तिलाई काँध थाप्ने गल्ती नगरौं : डा. भट्टराई
घरको छत ढलान गर्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको मृत्यु
घरको छत ढलान गर्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको मृत्यु
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
समानुपातिकमा पुरुषलाई राहत
वैशाख २५ गतेको राशीफल यस्तो छ, आज कुन राशीको शुभ अंक कुन हो ?

तपाईंले छुटाउनुभयो कि?