राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने:मुख्यमन्त्री राई

सारांश

  • विराटनगर, ५ पुस।
  • प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने कुरा बताएका छन।
  • नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै मुलुकका राजनीतिक क्षेत्रमा परिवर्तन आउनुमा पनी  सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए।

विराटनगर, ५ पुस। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्ने कुरा बताएका छन।नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै मुलुकका राजनीतिक क्षेत्रमा परिवर्तन आउनुमा पनी  सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए।

पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन बिहीबार र शुक्रबार बिराटनगरमा भईरहेको छ,भने सम्मेलनमा देश भरी बाट १२७ जिल्ला प्रतिष्ठान तथा एसोसिएट साखा अध्यक्ष केन्द्रिय समिति सहित २०० जना सहभागी भएका छन ।

उद्घाटन कार्यक्रम मा बोल्दै मुख्यमन्त्री राईले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अग्रभागमा राख्नुपर्ने सुझाव दिँदै नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न सक्दैन ।

उहाँले आफू सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय सञ्चार नीति तर्जुमा गराएको, पत्रकारहरुको न्यूनतम पारिश्रमिक प्रतिवेदन अघि बढाएको, पत्रकार दुर्घटना बीमा ल्याएका स्मरण गर्दै सञ्चारकर्मीका व्यावसायिक र क्षमता विकासमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघीय सरकार र प्रदेश सरकारलाई असफल हुने छुट नरहेको भन्दै मुख्यमन्त्री राईले संघीय सरकारदेखी प्रदेशका सरकारहरु जिम्मेवारी पुर्वक आवश्यक संरचना खडा गर्दै अघि बढेको उहाँले बताउनुभयो।

मुख्यमन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको अन्तर प्रदेश परिषदको बैठकले संघीय सरकार र प्रदेश सरकारबीचमा देखिएको अन्यौलता समाप्त पारेको जानकारी पनि दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ, अन्यको कति  ?
आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ, अन्यको कति ?
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ
रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
रूससँग शान्ति सम्झौताबारे ट्रम्पका अधिकारीसँग युक्रेनले थाल्यो छलफल
रूससँग शान्ति सम्झौताबारे ट्रम्पका अधिकारीसँग युक्रेनले थाल्यो छलफल
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
उपत्यकामा एकैदिन १७०२ कोरोना संक्रमित थप
वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता हो: प्रम देउवा
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित
अत्याधिक वर्षाका कारण काठमाडौँ सहित देशभरको जनजीवन प्रभावित

तपाईंले छुटाउनुभयो कि?