यसरि हुने रहेछ काठमाडाैंका दूतावासदेखि प्रहरी आईजिपीसम्म सुन तस्करी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
यसरि हुने रहेछ काठमाडाैंका दूतावासदेखि प्रहरी आईजिपीसम्म सुन तस्करी !

सारांश

  • काठमाडाै, १२ जेठ ।
  • १८ असार २०४८ ९२ जुलाई १९९१० मा सिंगापुरस्थित अमेरिकी दुतावासले काठमाडौंस्थित दुतावासका नाउँमा पठाएको दुई वटा सुटकेश हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे।
  • दुवै सुटेकश अप्राकृतिक रुपमा गह्रौं थिए।

काठमाडाै, १२ जेठ । १८ असार २०४८ ९२ जुलाई १९९१० मा सिंगापुरस्थित अमेरिकी दुतावासले काठमाडौंस्थित दुतावासका नाउँमा पठाएको दुई वटा सुटकेश हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे।

दुवै सुटेकश अप्राकृतिक रुपमा गह्रौं थिए। भन्सार कर्मचारीले शंका लागेर सुटकेश खोलेर चेकजाँच गर्न चाहे। सुटेकश खोल्दा त्यहाँ कुटनीतिज्ञका महत्वपूर्ण सामग्री नभई तस्करी भएर आएको २७ केजी सुन र १८ केजी चाँदी भेटियो।

सुन तस्करीमा दूतावास कर्मचारीको संलग्नता देखिँदा अमेरिकी दूतावासमाथि नैतिक दवाब पर्यो। काठमाडौंस्थित अमेरिकी दूतावासका तत्कालीन डेपुटी चिफ अफ मिसन माईकल इ मेलोनस्की (जो पछि सन् २००१ मा नेपालका लागि राजदूत भए) ले सुन तस्करीमा संलग्न अधिकारी उपर कारवाही गर्ने प्रतिबद्धता जनाए। दूतावासले नेपाल सरकारसँग सुन तस्करीको अनुसन्धान गर्ने प्रतिबद्धता पनि उनले जनाए।

सो सुन तस्करीको रहस्य अहिलेसम्म सार्वजनिक भएको छैन। बरु त्यतिबेला सरकार कतिसम्म दवाबमा पर्यो भने तत्कालीन अर्थमन्त्री महेश आचार्यले सुन आयत खुला गर्नुपर्ने भन्दै संसदमै प्रस्तुति दिन बाध्य भए।

८ असोज २०४९ ९२४ नोभेम्बर १९९२० मा बैंककबाट थाई एयरवेजमा काठमाडौं ओर्लिएका जर्मन नागरिक इसारेक लेजिक जिविन्युकाको साथबाट ६ केजी सुन बरामद भयो। पक्राउ परेका इसारेकले बैंककमा भेटिएका एक नेपालीले सुन काठमाडौं पुर्याउन दिएको र आफू भरिया मात्र भएको बयान प्रहरी समक्ष दिए। ती नेपाली को थिए? प्रहरीले अहिलेसम्म थाहा पाउन सकेको छैन।

२९ मंसिर २०५४ मा त्रिभिुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वटा सुटकेशमा राखिएको अवस्थामा १०० केजी सुन फेला प¥यो। त्यो सुन सिंगापुरबाट काठमाडौं आएका जु कुन ह्वा र उनकी श्रीमती योन सुङले ल्याएका थिए। उनीहरु सर्वसाधारण व्यक्ति नभई काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका कुटनीतिज्ञ थिए। कुटनीतिक राहदानी प्रयोग गरी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएपछि सरकारले उनीहरुलाई तत्कालै देश निकालाको निर्णय गर्यो। परराष्ट्र सचिव मुरारीराज शर्मा ९२०५३ देखि २०५७० को कार्यकालमा देश निकालामा पर्ने यो एक मात्र कुटनीतिज्ञ दम्पत्ति थियो।

सुन तस्करीका यी तीन वटै घटनामा दुई व्यक्तिको नाम खुबैसँग चर्चामा रह्यो। पहिलो दरबार निकट भुजुङ गुरुङ जो अहिले साढे ३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्या अभियोगमा थुनामा छन् र दोस्रो त्यतिबेला काठमाडौंमा क्यासिनो सञ्चालन गर्ने भारतीय मूलका अमेरिकी नागरिक आरडी टटल। भुुजुङ होटल व्यवसायमा थिए भने टटल क्यासिनो।

‘दुवै दरबार नजिक थिए, प्रत्यक्ष संलग्न नभए पनि प्रहरी र प्रशासनको सहयोगमा उनीहरुको कालो धन्दा चलेको थियो’ एक पूर्व प्रहरी महानिरीक्षकले  भने, ‘सरकार कारवाही गरेर अघि बढ्न सक्ने सामथ्र्यमा थिएन। पञ्चायती पृष्ठभूमिका तत्कालीन अर्थमन्त्री रविन्द्रनाथ शर्माले एमाले र कांग्रेसका केही वरिष्ठ नेताको नाम सुन तस्करीमा संलग्न भएको भनेर त्यतिबेला मुख खोले।’ यो वि।सं। २०५४ साल अन्त्यतिरको कुरा हो। कांग्रेस र एमालेका नेता सुन तस्करीमा संलग्न रहेको शर्माको निष्कर्ष थियो। नेपालखबरमा दीपक खरेल ले लेखेका छन । करिब ४० वर्ष अघि सुर्खेतबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २२ किलो सुनसहित पक्राउ परे। त्यतिबेला उनले चुनाब खर्चका निम्ति हङकङबाट सुन ल्याएको बयान दिएका थिए। त्यही ताका सुन तस्करीमै पक्राउ परेका नेपाली सेनाका कर्णेल भरत गुरुङ र पूर्व प्रहरी महानिरीक्षक डीबी लामा दरबारका लागि सुन तस्करी गर्थे भन्ने बुझ्न कठिन छैन। २०४४ मा पक्राउ परेका कर्णेल गुरुङ तत्कालीन अधिराजकुमार धिरेन्द्र शाहका एडिसी थिए। लामा प्रहरीका अवकास प्राप्त उच्च अधिकारी।

सोही दशकमा नेपालबारे भारतीय सञ्चार माध्यममा आएको एक समाचारले भारतभरि सनसनी फैलायो। अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाका पूर्व पत्रकार विश्वदीप घोसले सन् २००१ मा खुलासा गर्दै लेखे, ‘नेपालमा भइरहेको सुन तस्करीमा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको सहयोग छ। तस्करीको त्यो सुन नेपाल हुँदै भारत भित्रिरहेको छ।’ लखनउ आधारित भएर पत्रकारिता गर्ने उनले पश्चिम नेपालका नाकाबाट तस्करीको सुन भारत पुग्ने गरेको दाबी गरेका थिए। भारतीय मिडियाले नेपालमा हुने अन्तर्राष्ट्रिय अपराधका अन्य घटनामा पनि आइएसआईकै संलग्नता रहने आधारहीन दावी गर्ने हुनाले त्यसलाई नेपालमा गम्भीरतापूर्वक लिइएन।

तर उनले पेश गरेको यो प्रवृत्तिकै सेरोफेरोमा दुई दशकपछि पनि नेपालमा सुन तस्करीका घटना दोहोरिरहेको जस्तो देखिन्छ। सुन प्रकरण अनुसन्धान गरिरहेका समिति संयोजक सहसचिव ईश्वरराज पौडेलकै शब्दमा भन्नुपर्दा ‘नेपाल भित्रिने सुन तस्करीको जालो जेरीजस्तै जेलिएको छ।’

करिब ३ हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेले संयुक्त अरब इमिरेट्स(युएई) मा नजमल जनरल ट्रेडिङ कम्पनी स्थापना गरी सुन तस्करी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर सो कम्पनीमा भएको लगानी कसको होरु यो प्रश्नको सोझो जवाफ कसैसँग पनि छैन। गोरेले सुन तस्करीको मुख्य व्यक्ति आफू नभएको बताइँदा उब्जिएको प्रश्न के पनि हो भने आखिर तस्करी भएर आउने सुनको असली मालिक चाहिँ को होरु के अहिले चर्चामा आएजस्तै १९ महिनामा नेपाल भित्रिएको ३ हजार ७ सय ६६ केजी सुन अन्डरवर्ल्ड डन दाउद इब्राहिम समूहकै लगानी भएको छ तरु सुन प्रकरणको अनुसन्धान गरिरहेका अधिकारीहरु भन्छन्, ‘ठ्याक्कै दाउदकै लगानी हो भनेर भन्न सक्ने अवस्था छैन। अनुसन्धान पूरा भएपछि मात्र यो विषयमा स्पष्ट भन्न सकिन्छ।’ त्यसो त भारत र नेपालमा अपराधिक घटनाको अनुसन्धान निष्कर्षमा पुर्याउन नसकेपछि घटनाको जिम्मेवारी अन्डरवर्ल्डको थाप्लोमा पुर्याउने प्रवृत्ति नयाँ होइन।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    हामी नेपाली हरु यी पार्टी र नेताका कति सम्म अन्धाभक्त भयौ कि नेताको त आची देखेपनी प्रसाद भन्ने स्थिति मा पुग्यौ।
    यो सम्पुर्ण सुन तस्करी मा आफू सम्लग्न छु तर म त केही पनि होइन आफू एकदमै सानो माछा हु र यो तस्करीमा धेरै ठुलो ठुलो माछा सम्लग्न छ भनेर कृष्ण महारा आफैंले आफ्नै मुख बाट सार्बजनिक कार्यक्रम माइ भनेका छन अनि उनी भन्दा ठुलो माछा हिजो माओवादी को थियो प्रचण्ड होइन???
    अनि यसरि जो तस्करीमा सम्लग्न छ उ आफैंले भनी सक्दा सम्म एकोहोरो अरु अरु लाई मात्रै तानेर राजनैतिक पार्टी र नेता लाई चोख्याउने यो जुन तानाबाना बुनिदैछ नि हो यहि कुकर्म हरु जारी राखी राख्ने हो भने यो ब्यबस्था ,पार्टी र नेता हरुले आफ्नो अन्त्यष्टी आफैंले गर्ने दिन आउन धेरै लामो समय कुर्नु पर्दैन।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?