नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश,फागुन ११ देखि सुरु हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
२२ पटक हेरिएको
Shares
नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश,फागुन ११ देखि सुरु हुने

सारांश

  • काठमाडाैं ।
  •  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियाेगिता आयोजना हुने भएको छ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना गर्ने राष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगिताकाे खेल तालिकामा ‘केपी ओली कप’ पनि समावेश गरिएकाे छ ।

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियाेगिता आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना गर्ने राष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगिताकाे खेल तालिकामा ‘केपी ओली कप’ पनि समावेश गरिएकाे छ ।

एन्फाले देशभर सञ्चालन हुने ११ वटा गोल्डकपको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार ‘केपी ओली कप’ काठमाडौंमा फागुन ११ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । एन्फाको स्वीकृतिमा ओलीको नाममा पहिलो पटक फुटबल प्रतियोगिता हुन लागेकाे हाे ।

एमालेकाे भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियाेगितामा  ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?