मन्त्री विष्टसँग अनुहार मिलेपछि डिजल छर्केर जिउँदै जलाउने प्रयास

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मन्त्री विष्टसँग अनुहार मिलेपछि डिजल छर्केर जिउँदै जलाउने प्रयास

सारांश

  • चितवन, ३ चैत ।
  • मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य गोकर्ण सापकोटामाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।
  • शनिबार बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका– ७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुछ«े चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।

चितवन, ३ चैत । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काउराष्ट्र) का जिल्ला अध्यक्ष र नेपाल बार एशोसिएसन चितवनका साधारण सदस्य गोकर्ण सापकोटामाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ ।

शनिबार बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका– ७ कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुछ«े चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो । “तँ गोकर्ण विष्ट होस् भने, मैले होइन भनेँ, अर्कोले यही हो भन्यो र मलाई समाए ।”

मोटरसाइकलमा आएका व्यक्तिसँग भएको कुराकानी बताउँदै सापकोटाले भने, “डिजल छर्कदै गर्दा मेरो टिशर्टमा समाएका थिए । टिशर्ट च्यातेर भाग्न सफल भएँ । आफू भाग्न नसकेको भए आगो लगाउँथे”, सापकोटाले भने ।

सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । १९–२० वर्ष उमेरको एउटा र ३५–३६ वर्षको अर्को एक व्यक्तिले आफूलाई समाउने र डिजल खन्याउने गरेको उनले बताए । सँगै अर्को मोटरसाइकलमा दुईजना भए पनि उनीहरुबारे आफूले अनुमान लगाउन नसकेको उनले बताए ।

हल्ला भएपछि आफू भागेको बताउँदै उनले स्थानीयवासी जुटेपछि उनीहरु पनि भागेको सापकोटाले बताए । तत्काल सापकोटाले जिल्ला प्रहरी प्रमुख दीपक थापालाई फोन गरेपछि प्रहरी आएर अनुसन्धान थालेको पनि उनले बताए । सापकोटा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अधिकृत समेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?