यसरी पुरा भएन बुद्धलाई हात्तीले कुल्चाउने देवदत्तको योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
२० पटक हेरिएको
Shares
यसरी पुरा भएन बुद्धलाई हात्तीले कुल्चाउने देवदत्तको योजना

सारांश

  • देबदत्त बुद्धलाई सधैं नै तल देखाउने चेष्टामा लागी रहन्थे ।
  • तर उनलाई सधैं निराशा मात्रै हात लाग्थ्यो ।
  • एकपटक जब तथागत बुद्ध कपिलवस्तु पुग्नुभयो तब अनेकौं कुलीन शाक्यवंशी राजकुमार वहाँको अनुयायी बने ।

देबदत्त बुद्धलाई सधैं नै तल देखाउने चेष्टामा लागी रहन्थे । तर उनलाई सधैं निराशा मात्रै हात लाग्थ्यो । एकपटक जब तथागत बुद्ध कपिलवस्तु पुग्नुभयो तब अनेकौं कुलीन शाक्यवंशी राजकुमार वहाँको अनुयायी बने । देवदत्त पनि तिनीहरु मध्येका एक थिए ।

केही समयपछि देवदत्तले ऋद्धिबल प्राप्त गरे र एकपटक त्यसको प्रदर्शन मगधका भाबी सम्राट अजातशत्रुका समक्ष गरे । त्यहाँ उनी एक शिशुको रूपमा प्रकट भए जसले सर्पको मेखला बाँधेका थिए । त्यो समयबाट अजातशत्रुले उनलाई परम आदरभावले हेर्न थाले ।

केही दिनपछि देवदत्त मगधबाट फर्किएर संघमा आए तब उनले आफुलाई बुद्धभन्दा श्रेष्ठ घोषित गरे र संघको नेतृत्व लिन खोजे । भिक्षुहरुलाई बुद्धदेखी बिमुख गर्नका लागी उनले भने ‘बुद्ध बूढो भइसके र बुद्धिको ह्रास भइसक्यो, किन्तु भिक्षुहरुले जब उनको कुनै पनि कुरा सुनेनन् तब उनले बुद्ध र संघ दुवै प्रति द्वेष राख्न थाले ।

खिन्न भएर देवदत्त फेरि मगध पुगे र अजातशत्रुलाई महाराज बिम्बिसारको बध गर्नका लागी प्रेरित गरे । कारण बिम्बिसार बुद्ध र संघलाई प्रचुर मात्रामा प्रश्रय प्रदान गर्दथे । प्रारम्भिक दौरानमा बिम्बिसारलाइ मार्ने उनको योजना सफल भएन । अतः उनले धनुर्धरलाई बुद्धको हत्या गर्न पठाए । तर बुद्धको ब्यक्तित्वबाट प्रभावित भएर सबै वहाँको नै अनुयायी बने ।

क्रोधमा आएर देवदत्तले बुद्धमाथी ग्रीधकुट पर्बतको चुचुरोबाट एउटा ठुलो ढुंगा पल्टाइ दिए । तर त्यो ढुंगालाई पहाडबाट उत्पन्न भएको दुई पत्थरले बाटोमा नै रोकि दियो ।

बुद्धको हत्या गर्ने आफ्नो हरेक योजना असफल भएपछि अब देवदत्तको क्रोधको सीमा रहेन । उनले एकदिन मगध राजाको अस्त्रबलमा पसेर एक विशाल हात्ती नालागिरीलाई ताडी पिलाएर बुद्ध आगमन गर्ने मार्गमा छाडिदिए । नालगिरिको आगमनले मार्गमा खलबली मच्चियो र मनुष्यहरु जताततै भाग्न थाले । उक्त समयमा बुद्ध त्यहीँ मार्गबाट जाँदै हुनुहुन्थ्यो । ठीक त्यसै समयमा एक हडबडाएका स्त्रीले आफ्नो बच्चालाई हात्तीको सामुन्ने छोडेर भागिन् । जसै नालगिरीले बच्चालाई कुल्चिनका लागी आफ्नो खुट्टा उठायो बुद्ध उसको ठीक सामुन्ने गएर उभिनु भयो । उहाँले हात्तीको शिरलाई थपथपाउनु भयो । बुद्धको स्पर्शले नालागिरी वहाँको सामुन्ने घुडा टेकेर बस्यो ।

नालागिरी हात्तीको यस्तो घटनाले देवदत्त मगधमा धेरै अप्रिय बने र तत्कालै मगध छोडेर भागे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक
साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर-२’को टिजर सार्वजनिक
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव
दाङको बङ्गलाचुली अस्पतालमा चिकित्सक अभाव
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
फूलमा आत्मनिर्भरका लागि अध्ययन, अनुसन्धान आवश्यक
फूलमा आत्मनिर्भरका लागि अध्ययन, अनुसन्धान आवश्यक
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने तयारी
शुक्रवार ३५१७ कोरोना संक्रमित थपिए
दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित
दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल

तपाईंले छुटाउनुभयो कि?