मार्च १० मा सलमान खान नेपाल आउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
१५ पटक हेरिएको
Shares
मार्च १० मा सलमान खान नेपाल आउने

सारांश

  • सलमान खान नेपाल आउने चर्चा चलेको लगभग २ वर्षभन्दा बढि भइसक्यो ।
  • यस्तो चर्चा चलेको लामो समय बितिसक्दा पनि उनी आउने नआउने अत्तोपत्तो थिएन ।
  • तर अब भने सलमान खान नेपाल आउने लगभग पक्कापक्की जस्तै भएको छ ।

सलमान खान नेपाल आउने चर्चा चलेको लगभग २ वर्षभन्दा बढि भइसक्यो । यस्तो चर्चा चलेको लामो समय बितिसक्दा पनि उनी आउने नआउने अत्तोपत्तो थिएन । तर अब भने सलमान खान नेपाल आउने लगभग पक्कापक्की जस्तै भएको छ । ‘दबंग टुर’ लिएर उनी चाँडै नै नेपाल आउदैछन् । आगामी मार्च १० अर्थात फागुन २६ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सहभागि हुन सलमान नेपाल आउँदैछन् ।

सलमानलाई ओडीसी इन्टरटेनमेन्ट प्रालिले नेपाल ल्याउन लागेको हो । ओडीसीका प्रमुख सिमन्त गुरुङको सक्रियतामा सलमान आउन लागेका हुन् । ओडीसी मार्फत गुरुङले यस अघि ब्रायन एडम्स, एमएलटीआर र आतिफ असलम लगायतका कलाकारलाई नेपाल ल्याइसकेका छन् । यसपटक सलमान आउने कार्यक्रमलाई सोहिल खान प्रोडक्सन र जेई इभेन्ट्सले पनि सहकार्य गर्दैछन् ।

को को आउँदैछन् ?
सलमान खान सहित करिब ६० जनाको जम्बो टोली नेपाल आउन लागेको हो । सलमान बाहेक सोनाक्षी सिन्हा, कृति सेनन्, प्रभु देवा लगायतका कलाकार तथा डान्सर पनि आउँने बताइएको छ । कार्यक्रमको उद्घोषण मनिष पलले गर्नेछन् । कार्यक्रममार्फत पर्यटनका लागि नेपाल सुरक्षित र उत्कृष्ट गन्तव्य रहेको सन्देश प्रवाह गरिने आयोजकको भनाई छ ।

कति खर्च हुँदैछ सलमानका लागि
आयोजकले सलमान खानको कार्यक्रमलाई निकै खर्चिलो हुने बताएको छ । सलमान सहितका कलाकार र डान्सरका लागि करिब १५ करोड रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । कार्यक्रममा करिब ५० हजार दर्शकलाई सहभागि गराउने तयारी भइरहेको छ । दर्शकका लागि ३ हजारदेखि १० हजार रुपैयाँसम्मको टिकटको व्यवस्था गरिदैछ ।

(https://webnews21.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?