यी नदीहरुबाट खतरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
२६ पटक हेरिएको
Shares
यी नदीहरुबाट खतरा

सारांश

  • काठमाडौं, ५ साउन ।
  • अविरल वर्षाका कारण देशभरका अधिकांश नदीहरुले खतरनाक रुप लिएका छन् ।
  • काठमाडौं उपत्यकाका नदीनालाको बहाव सतर्कता केन्द्र पार गरेको छ ।

काठमाडौं, ५ साउन । अविरल वर्षाका कारण देशभरका अधिकांश नदीहरुले खतरनाक रुप लिएका छन् । काठमाडौं उपत्यकाका नदीनालाको बहाव सतर्कता केन्द्र पार गरेको छ ।

बाढी सुचना केन्द्रले बागमती नदीको बहाव खतरा आसपास पुग्न सक्ने जनाएको छ । आज नारायणी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
केन्द्रका अनुसार कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक बहाव भई खतरा आसपास पुग्न सक्ने जनाइएको छ । यी नदीहरुमा उच्च जोखिम छ ।

यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बितेको २४ घन्टामा ३ जनाको मृत्यु हुनाको सार्थ एकजना वेपत्ता भएको जनाएको छ । १९ वटा घटनामध्ये एक जना घाइते भएका छन् ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?