युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
सारांश
- काठमाडौँ, १५ असोज ।
- बंगलादेशमा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग खेलिरहेको छ ।
- टस जितेर पहिले ब्याटिङ् गरेको नेपाल १ सय ३१ रन बनाएर अल अाउट भएकाे छ ।
काठमाडौँ, १५ असोज । बंगलादेशमा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग खेलिरहेको छ । टस जितेर पहिले ब्याटिङ् गरेको नेपाल १ सय ३१ रन बनाएर अल अाउट भएकाे छ ।
८१ रन मै आफ्नो पहिलो ७ विकेट गुमाएको नेपालकाे पारी केहीबेर रोहित कुमार पौडेल र रसिद खानले सम्हालेका थिए । अाउट हुनुअघि रोहितले व्याक्तिगत ४९ रन बनाएका थिए भने रसिदले २९ रन बनाएका थिए । तीन खेलाडीले खाता नै नखाेली अाउट हुँदा ३९ अाेभरमा १ सय ३१ रन बनाएर समेटिएकाे थियाे । अफगानिस्तानका लागि अजमतुल्लाह अाेमरजाइले एक्लै ४ विकेट लिए ।
युथ एसिया कपको अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो । भने विजेता पनि अफगानिस्तान नै थियाे ।
आफ्नो पहिलो खेलमा पराजय व्यहोरेको नेपाललाई सेमिफाइनल पुग्नका लागि यो खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
समूह ए मा दुवै खेल जितेर भारत शिर्ष स्थानमा रहेको छ भने अफगानिस्तान एक विजय सहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै दुवै खेल हारेको युएइ अन्तिम स्थानमा र एक खेलमा पराजित भएको नेपाल तेस्रो स्थानमा रहेको छ । दुवै समूहका शिर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
(Tramadol)
प्रतिक्रिया