एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने

सारांश

  • काठमाडौं : नेकपा एमालेले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
  • एमाले केन्द्रीय सचिवालयको मंगलवार बसेको बैठकले प्रदेश नं १ मा साउन २३ र २४, ३ मा साउन २७ र २८, ४ मा साउन २७ र २८, ५ मा साउन १० र ११ गते, ६ मा साउन २९ र ३० गते र ७ मा साउन ७ र ८ गते अभिमुखीकरण कार्यक्रम तय गरेको हो ।
  • केन्द्रीय कार्यालय धूम्बाराहीमा सम्पन्न बैठकले यसअघि सम्पन्न स्थायी समितिले निर्णय गरेबमोजिम पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रदेशस्तरमा आयोजना गरिने दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको मिति र विषय तय गरेको हो ।

काठमाडौं : नेकपा एमालेले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

एमाले केन्द्रीय सचिवालयको मंगलवार बसेको बैठकले प्रदेश नं १ मा साउन २३ र २४, ३ मा साउन २७ र २८, ४ मा साउन २७ र २८, ५ मा साउन १० र ११ गते, ६ मा साउन २९ र ३० गते र ७ मा साउन ७ र ८ गते अभिमुखीकरण कार्यक्रम तय गरेको हो ।

केन्द्रीय कार्यालय धूम्बाराहीमा सम्पन्न बैठकले यसअघि सम्पन्न स्थायी समितिले निर्णय गरेबमोजिम पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रदेशस्तरमा आयोजना गरिने दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको मिति र विषय तय गरेको हो ।

अभिमुखीकरणमा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, अध्यक्ष/उपाध्यक्षमध्ये कुनै एक मात्रमा विजय भएको तहबाट थप एक निर्वाचित वरिष्ठतम वडाध्यक्ष, प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष नभएका तहबाट दुई वरिष्ठतम वडाध्यक्ष सहभागी हुनेछन् ।

यस्तै पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुख र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुख, जिल्ला इञ्चार्ज र सम्बन्धित प्रदेशका व्यवस्थापिका-संसद्का सदस्यले पनि भाग लिनेछन् ।

अभिमुखीकरणमा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमालेका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?