मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा

सारांश

  • बहराइन।
  • गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।
  • नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले मध्य पुर्बलाइ दिने समय आएको स्मरण गराए ।

बहराइन। गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा शर्माले गैरआवासीय अभियानमा मध्यपूर्व भन्दा बाहिर बस्ने अभियन्तालाई मध्यपूर्वले सधैँ अरूलाई दिएको यो पटक अरू क्षेत्रमा बस्ने अभियन्ताले मध्य पुर्बलाइ दिने समय आएको स्मरण गराए ।

“मध्यपूर्वलाई सबै चुनाव नभएको बेला पनि सम्झन म सम्मानित सबै एनआरएनका साथीहरूलाई अनुरोध गर्दछु,” शर्माले भने, “मध्यपूर्वले सबै अरूलाई सहयोग गरेको छ, यो पटक अरुले मध्यपूर्वलाई सहयोग गरेर गुन तिर्ने बेला आएको छ ।”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बे सहभागी भएको कार्यक्रममा अध्यक्षका प्रत्यासी शर्माले आफू स्पष्ट योजना मध्यपूर्व सहित विश्वमा श्रम गर्नेलाई उकास्ने योजना सहित अध्यक्ष प्रत्यासी बनेर आएको भन्दै आफ्ना योजना सुनाएका थिए ।

“अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,” शर्माले भने, “श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादन मूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजना सहित म आएको छु।”

उनले नेपालका राजनीतिक दल र एनआरएनएबीच रगत र मुटुको जस्तो सम्बन्ध रहेको जनाउँदै यो स्वच्स्छ हुनुपर्ने बताए । एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्नको लागि राजनीतिक दलको सहयोग जरुरी रहेको भन्दै शर्माले राजनीतिक दलको हस्तक्षेप एनआरएनएमा हुन नहुने बताए ।

“आइसीसीको चुनावमा आफ्नो भातृ संगठनमा काम गरेको आधारमा चुनाव जिताउन राजनीतिक दल लाग्नु हुँदैन,” शर्माले भने, “म सबै राजनीतिक दललाई सम्मान गर्छु, एनआरएनका मुद्दा कार्यान्वयन गर्न सबै दलको सहयोग चाहिन्छ, हामीलाई हस्तक्षेप चाहिदैन।” आफू एनआरएनए सबैको साझा चौतारी बनोस् बनेर अभियानमा हिँडेको शर्माले सुनाएका छन् ।

साउदी र बहराइनको विभिन्न कार्यक्रममा भाग लिने तथा साउदी बहराइनमा भएका गैरआवासीय नेपाली तथा राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउन सल्लाह र सुझाव लिएका थिए ।

बुधबार कर्मभूमिबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा शुक्रबार बहराइन आइपुगेका हुन् । साउदी हुँदै बहराइन आइपुगेका शर्मा विभिन्न कार्यक्रममा सहभागी हुने छन् । शनिबारदेखि भने शर्माको युरोप भ्रमणको तालिका रहेको छ ।

बहराइनबाट शर्माको युरोपको चेक रिपब्लिक पुग्ने तालिका रहेको छ । चेकमा हुँदा शर्माले त्यहाँ बस्ने गैरआवासीय नेपाली तथा अभियन्तासँग छलफल गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
भारतको क्लिनस्वीप, लगातार आठौं सिरिजमा हरायो वेष्ट इन्डिजलाई
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋणः प्रधानमन्त्री
पुष्पाः द रुल र रोहित सेट्ठीको सिंघम बीच भिडन्त हुने
पुष्पाः द रुल र रोहित सेट्ठीको सिंघम बीच भिडन्त हुने
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
एयरपोर्टका कर्मचारीलाई दम्भ छोड भन्नुपर्छ : प्रधानमन्त्री
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
ललिता निवास प्रकरण : नयाँ शिराबाट अनुसन्धान सुरु,पुरानो अनुसन्धान ढिसमिस !
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
बागमती प्रदेशसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथका लागि अग्रिम जानकारी दिनुपर्ने
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
कामकाजमा आएन थारु भाषा !
कामकाजमा आएन थारु भाषा !

तपाईंले छुटाउनुभयो कि?