रथयात्राका क्रममा ६० जनालाई पक्राउ,६ जना लाई मुद्दा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
रथयात्राका क्रममा ६० जनालाई पक्राउ,६ जना लाई मुद्दा

सारांश

  • विराटनगर १९ भदौ।
  • विराटनगरमा  ५१ औं रथयात्राका क्रममा सोमबार पक्राउ परेका छ जना विरुद्ध मुद्धा चलाइएको छ ।
  • प्रहरीले मुद्धा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो ।

विराटनगर १९ भदौ। विराटनगरमा  ५१ औं रथयात्राका क्रममा सोमबार पक्राउ परेका छ जना विरुद्ध मुद्धा चलाइएको छ ।प्रहरीले मुद्धा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो ।

प्रदेश १ प्रहरी प्रमुख केदार रिजाल का, अनुसार रथ तान्ने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन संगै पहिलो पटक रथयात्राको सुरक्षा निगरानी ड्रोन क्यामेराबाट पनि गरिएको थियो ।  ड्रोन क्यामेरा को भिजुअलका आधारमा पनि प्रहरीले उनीहरु लाई  नियन्त्रणमा लिएको र मोरङ प्रहरी ले आवश्यक  काम गरीरहेको बताए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार रथयात्राका क्रममा हुल हुज्जत र कानुन विपरीत  गतिविधी गर्ने तथा सामान चोरी गर्ने सहित गरेर ६० जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका मध्ये सुनसरीका सजिरा खातुन, सविना खातुन, चाँदनी खातुन, मोहम्मद मुर्तुजा, सिरहाका जयकुमार यादव र मोरङ जहदाका अभिषेक राजवंशी विरुद्ध प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो ।प्रहरीले रथयात्राका क्रममा हराएका मोवाइल, पैसा, पर्स फेला पारेर मंगलबार सम्बन्धीत धनीलाई जिम्मा पनि लगाएको छ । सामान हराएका मध्ये मोवाइल  पैसा तथा विभिन्न कागजपत्र फेला पारेर जिम्मा लगाइएको छ । हराएका सामान र नगद ड्युटीमा खटिएका प्रहरीले भेट्टाएपछि सम्बन्धीत धनीलाई बुझाइएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?